Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

गिजरबाट नुहाउने क्रममा निस्सासिएर एक विद्यार्थीको मृत्य

काठमाडौं । ग्याँस गिजरको प्रयोग गरि नुहाउने क्रममा निस्सासिएर काठमाडौंमा फेरि एक जनाको ज्यान गएको छ। काठमाडौंको नक्साल स्थित वृहस्पति विद्या सदनमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी सुविधा पौडेलको मंगलबार बाथरुममा नुहाउने क्रममा मृत्यु भएको हो। बृहस्पति विद्या सदनले मृत आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रती समवेदना प्रकट गरेको छ।
गिजरको प्रयोगमा सावधानि नअपानाउँदा मानिसहरुको अकालमा ज्यान जाने गरेको छ। यस्तै किसिमको घटना गत पुसमा ललितपुरमा समेत घटेको थियो। सातदोबाटोस्थित सरिबा गर्ल्स होष्टेलमा बस्ने पर्सा बीरगंज घर भएकी १९ वर्षीया जोनित चौहानको होष्टेलको बाथरुममा गिजरबाट नुहाउने क्रममा बेहोश भएर ज्यान गएको थियो । गत पुसमै काठमाडौंको मिलनचोकमा नुहाउन बाथरुम पसेकि २० स्वशिका लिम्बूको पनि गिजरबाटै ज्यान गएको थियो। मिलनचोकस्थित रुमिज गर्ल्स होस्टेलको बाथरुममा नुहाउन छिरेकी उनलाई धेरै बेरसम्म पनि ननिस्केपछि भेन्टिलेसन फोरेर हेर्दा बेहोस अवस्थामा भेटिएकि थिइन्।
अस्पताल पुयाउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। चिकित्सकका अनुसार बाथरुममा छिरेपछि झ्याल ढोका लगाएर ग्यास गिजर चलाउँदा त्यसबाट निस्कने कार्वन मोनोअक्साइडले गर्दा मानिस बेहोस हुने गर्छन्। नुहाउँदा आफू बेहोस भएको थाहानै पाउँदैनन्। बेहोस बिरामीलाई तत्कालै खुल्ला ठाउँमा अथवा पर्याप्त अक्सिजन भएको ठाउँमा लैजान सके बचाउन सकिन्छ। लामो समयसम्म बाथरुममा गिजर अन गरेर बस्न नहुने सुझाव चिकित्सकको दिदै आएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP