Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

“नेपालको राजनीतिमा शिक्षा र स्वास्थ्य क्षेत्रको विकासको बिचमा मतभेद छैन” : मन्त्री त्रिपाठी

नवलपरासी पश्चिम । नेपाल सरकारको सङ्घीय मामीला तथा सामान्य प्रशासन मन्त्री हृदेयश त्रिपाठीले शिक्षा र स्वास्थ्य क्षेत्रको विकासको बिचमा नेपालका राजनीतिक दलहरुबीच कुनै मतभेद नरहेको नवलपरासी पश्चिमको दिव्यज्योति माध्यमिक विद्यालय बर्दघाट नगरपालिका(२ चिसापानीको ४३औ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई शुभकामना दिदै बताउनु भएको थियो ।

संविधानले नै स्पष्ट गरेको छ कि निजि क्षेत्र सामुदायिक क्षेत्र निजि लगानी र राज्यको लगानीमा शिक्षालाई अगाडी बढाइने त्यसको प्रयोग भइरहेको छ यसमा हरेक दलहरु क्रियाशील रहि एउटै मत छ । संबैधानिक व्यवस्था भइसकेको अवस्थामा दलहरुको बिचमा विवाद नरहेको हुनाले त्यसता विषय शिक्षा स्वास्थ रहेको साथै अव राज्य सत्ता क्रमस परिवर्तनको बाटोमा हिँडेको बताउनुभयो ।

दिव्यज्योति माध्यमिक विद्यालय चिसापानिलाई आगामि आर्थिक वर्षमा स्कुल बस उपलब्ध गराउने प्रतिबद्धता गर्नुभयो र बर्दघाट नगरपालिकामा ट्रामा सेन्टर सहितको अस्पतालका लागि सहयोग गर्ने मन्त्री त्रिपाठीले बताउनु भएको थियो । कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले आफ्नो जन्मदिवसको अवसरमा खर्च गरिने पैसालाई संकलन गरि विद्यालयका गरिब तथा विपन्न वर्गका प्रावि तहका १५ जना विद्यार्थीहरुलाई झोला लागएत शैक्षिक समाग्री वितरण गरेका थिए ।

कार्यक्रममा प्रदेश सांसद अजय बहादुर शाही, बर्दघाट नगरपालिकाका नगर उप प्रमुख माया देवि पौडेल,दिब्य ज्योती बहुमुखि क्याम्पसका अध्यक्ष वृहस्पति अधिकारी,विद्यालयका सल्लाहकार सदानन्द पाण्डे ,यम बहादुर थापा,कमल परियार,अक्षकोषदाता कृष्ण पाण्डे,बर्दघाट नगरपालिका वडा नं। २ का वडाध्यक्ष दया दर्लामी,दाउन्ने देवि मा।वि।का प्र।अ। चिरन्जीवि खनाल, लगाएतले आ आफ्ना भनाईहरु राख्नु भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हुमनाथ आचार्यले विद्यालयको बर्तमान अवस्था र आर्थिक गतिविधि समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सोही अवसरमा विद्यालयको दिब्यज्योति बुलेटीनको समेत लोकार्पण गरीएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP