Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

किरियापुत्री बसे छोरीहरु समाज परिवर्तन गर्दै चेलीहरु लाइ हौसला सोरुप १ शेयर गर्नुहोला …

(सल्यान) — छोरा नै किरियापुत्री बस्नुपर्ने मान्यतालाई यहाँका दुई दिदी–बहिनीले तोडेका छन् । दिवंगत बुवाको किरियापुत्री बस्दै उनीहरूले समाजमा छोरीमाथिको भेदभावविरुद्ध सन्देश दिएका हुन् ।

शनिबार निधन भएका शारदा नगरपालिका–२ का व्यवसायी नरेश श्रेष्ठकी दुई छोरीले काजकिरिया गरिरहेका छन् । उद्योग वाणिज्य संघका सल्लाहकार श्रेष्ठको निधनपछि उनकी छोरीहरू २३ वर्षीया एलिसा र २० वर्षीया इशु किरियामा बसेका हुन् । ४८ वर्षीय अगुवा व्यवसायी श्रेष्ठको श्वासनलीमा खाना अड्किएर शनिबार निधन भएको थियो ।

श्रेष्ठको निधनपछि करिब १ सय महिला अन्तिम संस्कारका लागि घाटसम्म पुगेका थिए । आमासँगै दुई छोरीले धार्मिक विधिअनुसार किरिया गरिरहेका छन् । दुवैले घाटमै पुगेर बाबुलाइ दागबत्ती दिएका थिए । रुढीबादी र गलत संस्कार तोड्दै आफूहरूले बाबुको किरिया गरिरहेको एलिसाले बताइन् । ‘छोरीले बाबुको मलामी जानु हुँदैन र किरिया गर्नु हुँदैन भन्ने गलत मान्यता हो,’ उनले भनिन्, ‘उहाँका सन्तान बहिनी र म मात्र हौं, बुवाले हामीप्रति गरेको त्यागको सम्मान गर्दै किरिया बस्ने निर्णय गरेका हौं ।’ सुरुका केही दिन आफन्त र छिमेकीले असहज माने पनि अहिले प्रशंशा गरिरहेका उनले बताइन् ।

बुवाको किरिया गरेर आफूहरूले पितृसत्तात्मक समाजलाई चुनौती दिएको इशुले बताइन् । ‘बाबुआमाका लागि सन्तान सधैं बराबर हुन्छन्,’ उनले भनिन्, ‘बुवाले हामीलाई छोरासरह माया गरेर हुर्काउनु भयो, त्यसैले छोरासरहकै जिम्मेवारी पूरा गर्न किरिया सुरु गरेका हौं ।’ बाबुको किरिया गर्न पाउँदा गर्व लागेको उनको भनाइ छ । समाज परिवर्तनशील भएकाले धार्मिक परम्परालाई पनि परिस्कृत गर्दै लैजानुपर्ने उनले बताइन् ।

किरिया गरेर छोरीहरूले पुरुषसरह नारीले पनि कर्तव्य निर्वाह गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेको मृतककी पत्नी सुनिता श्रेष्ठले बताइन् । छोरीसँगै किरिया बस्दा आत्मसन्तुष्टी मिलेको उनी बताउँछिन् । ‘मनमा जति पीडा भए पनि छोरीहरूले सबै धार्मिक संस्कार विधिपूर्वक गरिरहेका छन्,’ उनले भनिन्, ‘छोरीहरूलाई नमूना र उदाहरणीय बनाउने उहाँको पनि सपना थियो, छोरीले पनि किरिया गर्ने आँट देखाएपछि शोकलाई शक्तिमा बदल्ने साहस मिलेको छ ।’

किरिया गरेर छोरीले साहसी काम गरेको स्थानीय ज्ञानकुमार श्रेष्ठले बताए । ‘सानैदेखि छोराले नै बाबुको किरिया गर्नुपर्छ भन्ने मान्यताबाट हुर्किएका हामीले सुरुमा उनीहरूको निर्णय पत्याउन सकेनौं,’ उनले भने, ‘बाबुको मृत्युपछि कठ्यांग्रिदो जाडोमा कठोर किरिया गरेर उनीहरू नमूना बनेका छन् ।’ उनले मृतकका घरमा सहानुभूति दिन जाने सबैले छोरीको प्रशंसा गर्ने गरेको सुनाए ।

धर्मग्रन्थमा किरिया छोराले नै गर्नुपर्छ भन्ने उल्लेख नभए पनि लामो समयदेखि चलिआएको स्थानीय पुरोहित छविप्रसाद उपाध्यायले बताए । ‘छोरा र छोरी जो भए पनि सन्तानले किरिया गर्दा मृतकको स्वर्गमा बास हुन्छ,’ उनले भने, ‘कतिपय संस्कार रुढीबादी र धर्मविरोधी छन्, ती संस्कार बिस्तारै सुधार्न आवश्यक छ ।’ खलंगा आसपासका क्षेत्रमा छोरीले बाबुलाई दागबत्ती दिएर किरिया गरेको यो पहिलो घटना भएको उनले बताए ।

छोरीले बाबुको किरिया गरे पनि रुढिबादी संस्कारअनुसार मृतकलाई भार नपर्ने उनको भनाइ छ ।बाबुको मृत्युपछि छोरीले काजकिरिया गरेर उदाहरणीय काम गरेको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए । ‘दुबैले गलत संस्कार तोड्ने साहस गरेका छन्,’ उनले भने, ‘मनमा पीडा भए पनि उनीहरूले साहस गरेर दागबत्ती दिए, आमालाई बेलाबेला सम्झाएको सुन्दा म निकै भावुक बनें ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP