Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

२०३६ सालसम्म कालापानी नेपालकै रहेको प्रमाण भेटियो, हेर्नुहोस् ऐतिहासिक कागजात !

काठमाडौँ,। पूर्वसचिव तथा दार्चुलाका पूर्वप्रमुख जिल्ला अधिकारी(सीडीओ) द्वारिकानाथ ढुङ्गेलले टिंकरभञ्ज्याङ्ग तथा कालापानीको निरीक्षणमा गएको तथ्य पुष्टि गर्ने कागजात फेला पारेको छ । प्राप्त पुराना ऐतिहासिक कागजातहरुमा पूर्वसीडीओ ढुङ्गेल दार्चुलामा हाजिर हुन जाँदा २ नोभेम्बर १९७९ अर्थात् १६ कात्तिक २०३६ सालमा नेपालस्थित भारतीय राजदूतावासले ढुङ्गेललगायतको टोली उत्तर प्रदेशको पिथौरागढ जिल्लाको धार्चुला हुँदै दार्चुला जानुहुने भएकोले ट्रान्जिटको सुविधा उपलब्ध गराइदिनु भन्ने व्यहोरा समेतको पत्र रहेको छ ।

दूतावासको पत्रलाई सबडिभिजन प्रमुख(एसडीएम)ले नोभेम्बर १० १९७९ अर्थात् वि.सं. २०३६ कात्तिक २४ गते शनिबार धार्चुलाको बाटो हुँदै प्रस्थानका लागि अनुमति दिइएको भनेर सदर गरेको छ । त्यस्तै ढुङ्गेल उनले आफू पिथौरागढ जिल्लाको धार्चुला, मैलजीवी बालुवा चेकपोष्टको बाटो आवागमन गरिरहनुपर्ने भएकोले यात्रा अनुमतिका लागि आफू प्रमुख जिल्ला अधिकारी हुँदा आफैँले आफैँ प्रजिअ आफ्नो लागि सिफारिस गरेको पत्रमा निवेदक पनि आफैँ रहेको भनी दस्तखत पत्रलाई अगष्ट १४, १९८१ सालमा छ महिनाका लागि सुरक्षित इलाकाको नेपाल–भारत सीमाबाट दश किलोमिटर भित्रसम्म जान अनुमति दिइएको भन्ने डिष्ट्रिक्ट मेजिष्ट्रेट पिथौरागढले सिफारिस गरेको पत्र समेत प्राप्त छ ।

त्यस्तै उनी २०३८ को साउन महिनामा लीपु दर्राको टिङकर गएको र फर्किँदा कालापानी निरीक्षणमा गएको इन्ट्री अभिलेख समेत फेला परेको छ । प्राप्त अभिलेखमा उनी ५ साउन २०३८ मा धार्चुलाको बाटो हुँदै मैलजीवी हुँदै स्याकु भन्ने स्थानमा बसेको, ६ साउनको ६ बजे साँझ दुम्लिङ्गको राल्पामा बास बसेको, ७ गते बिहान ६ बजेर ३० मिनेटमा छांगुका लागि हिँडेकोमा साँझ ७ बजेर ३० मिनेटमा पुगेको उल्लेख छ । उनी ८ गते साँझ ५ बजे नेपाल–चीनको सीमा टिंकरभञ्ज्याङ्ग पुगेको उल्लेख छ । उनी साउन ९ र १० गते टिंकरमा बसेर ११ गते बिहान ७ बजे ताक्लाकोटका लागि हिँडेका थिए ।

उनी १० बजेर १५ मिनेटमा लिपुलेक र ३ बजेर ३० मिनेटमा ताक्लाकोट पुगेर बसेको उल्लेख छ । उनले १२ गते नेपाल–चीन सीमास्तम्भ नम्बर एक निरीक्षण गरी तिब्बतको ताक्लाकोटमा गएर तिब्बती प्रशासनसँग सीमा तथा चरिचरनको विषयमा समेत छलफल गरी १२ गते ताक्लाकोटको पाहुना घरमा बसेको उल्लेख छ । उनी १३ साउनको ७ बजेर ३० मिनेटमा मानसरोवरका लागि प्रस्थान गरेर ११ बजेर १० मिनेटमा पुनः ताक्लाकोट फिर्ता भएर १४ गते बैठक गरेको टाइम कार्डमा उल्लेख छ ।

उनी १५ गते बिहान ६ बजे टिंकरको लागि हिँडेकोमा ९ बजे जिउजिउमा, १२ बजे लिपु, ३ बजे धोर्पा र साँझ ५ बजे टिंकर पुगेका थिए । उनी १६ गते छ्यांगु गएर बसेको, १७ गते बिहान १० बजेर ३० मिनेटमा व्यास क्षेत्रको छांगु गाउँको सीतापुल तरेर गुन्जी हुँदै दिउँसोको २ बजेर १० मिनेटमा कालापानी पुगेर निरीक्षण गरेका थिए । भने साँझ ६ बजे गुन्जीको गव्र्याङ्गमा फिर्ता भएर बसेका थिए । उनी १८ देखि २१ गतेसम्म छ्यांगु गएर बसेको र २२ गते दुम्लिङ्ग पुगेका थिए । २३ गते बिहान ९ बजेर ३० मिनेटमा राप्ला पुगेका उनी साँझ कुटी पुगेका थिए भने १९ दिनपछि २४ गते मात्र दार्चुला पुगेको अभिलेख छ ।

उनको यो भ्रमणले अहिले भारतले निकालेको नयाँ नक्सामा मिचिएको कालापानी क्षेत्रको सबै भूभाग २०३६ सालसम्म नेपालको भएको पुष्टि गरेको छ । तर, त्यसपछि कहिले उक्त भूभाग भारतले मिचेको भन्ने अझै पनि नेपाली पक्षले किटान गर्नसकेको छैन । यद्यपि विभिन्न प्रमाणहरुले कालापानी क्षेत्र नेपालको भए पनि पछि भारतले मिचेको भन्नेचाहिँ पुष्टि भएको छ । नेपाल सरकारले उक्त जमिन नेपालको भएको दाबी गर्दै आए पनि अहिलेसम्म भारत वार्ताको लागि बस्न समेत तयार भएको छैन । आर्थिक दैनिकबाट

त्यस्तै राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी दिइयो ।

चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ । चितवनका ९८ वडा मार्फत परिचयपत्रको फारम भर्ने काम शुरु हुन लागेको जनाइएको छ । यसका लागि ११७ कर्मचारी नियुक्तिको प्रक्रियामा रहेका छन् ।

ती कर्मचारीलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक पालिकाका वडामा पठाइने छ । दुई वर्षमा राष्ट्रिय परिचयपत्र बनाई सक्ने उद्देश्यका साथ सरकारले काम शुरु गरेको हो । पहिलो चरणमा छनोट भएका १५ जिल्लामध्ये सात जिल्लामा काम प्रभावकारी बनाउन लागिएको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार व्यक्तिको सबै विवरण लिई परिचयपत्रमा राखिने छ । व्यक्तिगत विवरण राख्न सहज हुने भएकाले परिचय पत्र बनाउन लागिएको हो । नागरिकताका आधारमा विवरण सङ्कलन गर्ने भएकाले बाह्य जिल्लाको नागरिकताको हकमा स्थानीय तहको सिफारिसका आधारमा विवरण भरिने विभागले जनाएको छ ।

हालसम्म पाँचथर र मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीका एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरिएको छ । परिचय पत्रमा नागरिकको पृथक परिचय नम्बर उपलब्ध हुनेछ ।

आधुनिक सूचना प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली अवलम्बन गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग पु¥याउने लक्ष्यका साथ परिचयपत्रको फारम भर्न लागिएको हो ।

राज्यबाट प्रवाह हुने सेवासँग आबद्ध गर्ने, राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले काम शुरु गरिएको महानिर्देशक जोशीले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्मार्ट सिटीमा स्मार्ट परिचयपत्र आवश्यक रहेको बताउनुभयो ।

शहरलाई स्मार्ट बनाउँदा आफ्नो परिचयलाई पनि सोहीअनुसार गर्नु अवलम्बन गर्दै जिल्लावासीलाई यो परिचयपत्र बनाउने काममा सहयोग पु¥याउन आग्रह गर्नुभयो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लामा रहेका छ लाख ७५ हजार जनतालाई परिचयपत्रको फारम भर्नका लागि १०२ दिन लाग्ने भएकाले सोहीअनुसारको व्यवस्थापन मिलाउन लागिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP