Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

बिहे गर्छु भन्नेले नै धोका दिएपछि…

‘धाउँदा धाउँदै थाकिसकेँ । कहिले प्रहरी चौकी, कहिले राष्ट्रिय महिला आयोग, कहिले महिला अधिकारकर्मी । अब म कहाँ जाउँ ! न्यायको आशा गरिएकै ठाउँबाट अपहेलित हुनुपरेको छ ।

यस्तोमा न्यायको आश कसरी गर्नु ? तीन महिना भइसक्यो । न्यायकै लागि दौडेको,’ हालै एक किशोरीले पोखेको बिलौना हो यो । बिहे गर्ने आश्वासन दिएर सँगै बस्दै आएका केटा फरार भएपछि उनैको खोजीका लागि निरु (परिवर्तित नाम) दिनहुँ विभिन्न निकाय धाइरहनुभएको छ ।

निकट भविष्यमा बिहे गर्ने योजनाअनुसार गोरखाका रिजन बस्ताकोटीसँग निरु सँगै बस्दै आउनुभएको थियोए । २०७५ साल माघ ५ गतेदेखि सँगै बस्न थालेका निरु र रिजनले गएको मंसिर २५ गते बिहे गर्ने योजना बनाउनुभएको थियो ।

तर, रिजन मंसिर २३ गते फरार भए । निरुसँग भएको चार लाख रुपैयाँसमेत खाएर निरज फरार भएपछि निरु उनको खोजीमा भौंतारिरहनु भएको छ ।

रिजनसँग यसरी भेट भयो

ललितपुरकी निरु गाउँबाट शहर पसेको ५ वर्ष भयो । ११ र १२ कक्षा गाउँमै पढ्नुभएकी उहाँ स्नातक शिक्षा हासिल गर्न सहर पस्नुभयो । जिल्ला ललितपुर तर सुदूरका पहाडभन्दा विकट उहाँको गाउँ ।

सहर पसेपछि दाइभाउजुसँगै उहाँ काठमाण्डौको कोटेश्वरमा बस्न थाल्नुभयो । पढाइसँगै उहाँले ‘जब सेन्टर’ खोल्नुभयो दाइको सहयोगमा । जब सेन्टर खोलेर कामदारका लागि आएका विज्ञापनको आधारमा मान्छे खोज्ने र काममा लगाइदिने काम उहाँले सुरु गर्नुभयो । काम राम्रै चलिरहेको थियो । आम्दानी पनि भइरहेको थियो ।

निरुले कर्मचारी आवश्यकताका विज्ञापनहरु आफ्नो फेसबुकबाट शेयर गर्नुहुन्थ्यो । काम गर्न इच्छुक कोही फोन गरेर सोध्थे भने कोही अफिसमै पुग्थे । यसैगरी धेरै जनालाई राम्रो जागिर लगाउन पनि उहाँ भ्याइसक्नुभएको थियो ।

गएको वर्ष उहाँको फेसबुकमा म्यासेज आयो । ‘मेरो बहिनीलाई रिसेप्सनको जागिर चाहिएको छ । के सहयोग गर्न सक्नुहुन्छ ?’ म्यासेज पठाउने थिए उही रिजन बस्ताकोटी ।

निरुले अफिसको नम्बर दिएर फोन गर्न म्यासेज गर्नुभयो । यो कुराकानी भएको थियो गएको वर्षको भदौ महिनामा । अर्को महिना असोजदेखि फेसबुकमा हेलो–हाइ हुन थाल्यो । कात्तिक महिनासम्म लगातार कुरा भएपछि भेटघाट सहमति बन्यो । तर समय मिलेको थिएन ।

कात्तिक १२ गते निरुको अफिसमै काम गर्ने एक जना साथीको जन्मदिन थियो । कोटेश्वरकै क्याफेमा साथीको जन्मदिन मनाइने योजना बन्यो । जनाअनुसार सबै साथीभाइ जम्मा भएर जन्मदिन मनाइरहेका थिए । त्यतिखेरै रिजनले फोन गरे । निरुले क्याफेमा साथीको जन्मदिन बनाइरहेको बताउनुभयो ।

रिजन उहाँलाई भेट्न क्याफेमै गए । कुराकानी भयो । सबै साथीहरुसँग चिनजान पनि भयो । रमाइलो गरेर सबैजना राति १२ फर्के । निरज पनि आफ्नो कोठातिर लागे । त्यसपछि फेसबुकमा कुरा हुँदै गयो । तर निरु व्यस्त रहनुभएकोले भेट्ने समय मिलेको थिएन ।

रिजनले पुस १६ गते आफ्नो जन्मदिन परेको भन्दै निरुलाई जन्मदिनमा आउन निम्तो दिए । त्यसपछिका दिनमा निरु र रिजनको भेटघाट बाक्लिन थाल्यो ।
रिजन सानै हुँदा उनका आमाबुवा खसेका रहेछन् । उनी बालाजुमा आफ्नो दिदीको घरमा बस्दै आएका रहेछन् ।

रिजनले आफूले पाएको दुःख निरुलाई सुनाए । निरुलाई रिजनको कुरा सुन्दा माया लाग्यो । त्यसपछि उनीहरु पछि बिहे गर्ने सर्तमा सँगै बस्न सहमत भए । २०७५ माघ २ गतेदेखि उनीहरु सँगै बस्न थाले ।

दाजुभाउजुबाट अलग

निरुलाई रिजन मन पर्न थाल्यो । मान्छेभन्दा उनले पाएको दुःख सम्झेर । आफ्नो अफिस छँदैछ यहीबाट भए पनि दुवैजना खुसी रहन सक्ने सपना बुन्न थाल्नुभयो निरुले ।

रिजनले पनि निरुलाई विवाह गर्ने प्रस्ताव राखे । ‘दुवैजनाले एक अर्कालाई मन पराउन थालेपछि सँगै बस्न थाल्यौं,’ निरुले भन्नुभयो । दाइभाउजुसँग बस्दै आउनुभएकी निरु विवाहअगाडि नै प्रेमीसँग बस्न थालेपछि दाइभाउजुलाई मन परेन । दाइभाउजुसँगको दूरी बढ्दै गयो ।

यो कुरा उहाँका आमाबुवालाई पनि थाहा भयो । निरुका आमाबुवाले बरु बिहे गरिदिने कुरा चलाए । रिजनले मंसिरमा बिहे गर्ने जवाफ दिए । निरजसँगै बस्न थालेपछि दाइभाउजुले निरुलाई आफ्नो कोठामा आउन दिएनन् ।

दुःखका दिन सुरु

जब निरु रिजनसँगै बस्न थालिन् । सुरुका केही दिन राम्रै बिते पनि त्यसपछि भने सम्बन्धमा फाटो सुरु भयो । रिजनले दिनहुँ निरुसँग पैसा माग्न थाले । पैसा नदिँदा रक्सी खाएर पिट्न थाले ।

दिनभर साथीसँग घुम्न जाने, साँझ रक्सी खाएर आउने रिजनको बानी निरुलाई मन परेन । दिनहुँ झगडा पर्न थाल्यो । निरुको एकातिर अफिस थियो भने अर्कोतिर जापानी भाषा सिकिरहनुभएको थियो ।

दिनभर अफिसको काम र पढाइ त्यसमाथि ससाना कुरामा रिजनको झगडाले निरुलाई दिक्क बनाउँदै लगेको थियो । एकदिन रिजनले दुई ठाउँ काम गर्दा समस्या हुने भन्दै अफिस बेचेर भाषा सिकाइमा मात्र ध्यान केन्द्रित गर्न सल्लाह दिए ।

निरुलाई पनि भाषा सिकेर जसरी पनि जापान जानु थियो । निरुले निरजको सल्लाह मानेर अफिस बेच्नुभयो । त्यो पैसा पनि निरजले नै राखे ।

जबरजस्ती गर्भपतन

रिजनसँगै बस्न थालेपछि निरुको पेटमा बच्चा बस्यो । रिजनले रातदिन बच्चा फाल्न दबाब दिन थाले । निरुले भने त्यो दबाब स्वीकार गर्नुभएन । यसले उनीहरुबीच विवाद झन् बढ्दै गयो ।

रिजनले कुटपिट गर्न थालेपछि निरुले ६ हप्ताको गर्भपतन गराउन तयार हुनुभयो । उनीहरु गर्भपतन गर्न राजधानीको एक अस्पताल पुगे । अस्पतालमा डाक्टरले औषधि खाएर वा मेसिनले गर्भपतन गराउनमध्ये एउटा विकल्प रोज्न भने ।

डाक्टरले बच्चा नजन्माएकी महिनालाई मेसिनले गाह्रो हुने भने पनि रिजनले जबरजस्ती मेसिन नै प्रयोग गर्न दबाब दिए । तर मेसिनको सहयोगमा गर्भपतन गराए ८ हजार रुपैयाँ लाग्ने भएपछि निरजले औषधि खाएर गर्भपतन गराउन दबाब दिन थाले ।

राति घर फर्किएर ‘गुगल सर्च’ गरी सुरक्षित गर्भपतन गराउने ठाउँ फेला पर्यो । भोलिपल्ट बिहान गोंगबुमा रहेको मेरी स्टोपबाट गर्भपतनको औषधी ल्याएर खानुभयो । उहाँलाई पाठेघरको समस्या पहिलेदेखि नै थियो ।

गर्भपतनपछि झनै गाह्रो भयो । त्यसैबेला रिजनले कोठा सार्ने प्रस्ताव गरे । मंसिर १८ गते बालाजुबाट उनीहरु सातदोबाटोे कोठा सरे ।

त्यसपछि रिजन फरार भए

निरु र रिजनले एक वर्षदेखि लिभिङ टुगेदरमा बस्दै आएको कुरा रिजनकी दिदी कोपिला बस्ताकोटी र भाउजुलाई पनि थाहा थियो । मंसिर २५ गते गोरखा गएर बिहे गर्ने योजना थियो । त्यसअघि नै गत दशैंमा निरुका आमाबुवाले दुवैलाई टीकाटालो गरिदिए । तर, मंसिर २३ गते नै रिजन फरार भए ।

बिहान ८ बजेसम्म निरु सुत्नुभएको थियो । रिजन बिहानै उठे । हातमुख धोएर तयार भए । सुतिरहेकी निरुलाई उठाए र भने, ‘म बाहिर जानुपर्ने भयो । तिमी खाना पकाएर खानु है ।’ निरु हुन्छ भन्दै सुतिरहनुभयो । एकै छिनपछि रिजन फेरि फर्केर आए । ‘म अलि ढिलो आउन सक्छु ।

दिउँसो खाजा खानको लागि पैसा राख,’ भन्दै रिजनले एक हजार दिन खोजे । निरुले एकहजार पर्दैन भन्दै एक सय राखिदिन भन्नुभयो । रिजनले तीन सय रुपैयाँ दिएर गए । जहिले रिसाउने रिजनले आज कस्तो माया गरेको भन्दै निरु मख्ख पर्नुभयो ।

निरुले दिउँसो १ बजे खाना बनाउनुभयो । खाना पकाइसकेपछि उहाँले रिजनलाई सम्झ्नुभयो । फोन गर्नुभयो । फोन नम्बर स्वीच अफ थियो । ब्याट्री सकियो होला भन्दै खाना खाएर लुगा धुन जानुभयो ।

रिजनले साढे दुई बजे दुईपटक फोन गरेको रहेछ । किन गरेको होला भन्दै निरुले फेरि फोन गर्नुभयो । । फेरि फोनको स्वीच अफ थियो । राति ११÷१२ बजेसम्म पनि फोन अफ नै थियो ।

उतिखेरै मनमा चिसो त पसेको थियो तर निरुलाई विश्वास लागेन । अर्को दिन निरु प्रहरीकहाँ जानुभयो । फेरि कतै झुक्किएर गएको होला, आज त आइहाल्छन् नि सोच्दै निरु कोठा फर्किनुभयो ।

प्रहरीलाई खबरै नगरी कोठा फर्केपछि निरुले रिजनका लुगाफाटा र कागजात सबै खोजतलास गर्नुभयो । कपडा सबै थिए । तर २५ हजार रुपैयाँ र कागजात भेटिएन । निरुले रिजनलाई खोजी गरिदिन मंसिर २५ गते प्रहरीमा जाहेरी दिनुभयो । तर, अहिलेसम्म भेटिएका छैनन् ।

उनको दिदीलाई फोन गरेर सोध्दा मेरो भाइलाई ‘तैले के गरिस्’ भन्दै दिदीले उल्टै गाली गरिन् । रिजनको भाउजुसँग निरुको कुरा हुन्थ्यो । रिजन बेपत्ता भएपछि उनकी भाउजु पनि निरुलाई चिन्न छोडिन । निरु अहिले आफ्नो माइती र रिजनको घरबाट एक्लो टाढा र एक्ली हुनुभएको छ ।

प्रहरीको बेवास्ता

रिजनको खोजी गरिदिन भन्दै निरु मंसिर २७ गते बालाजु प्रहरी कार्यालय जानुभयो । बालाजुले घटना सातदोबाटोको भएको भन्दै जाउलाखेल प्रहरीमा जान भन्यो ।

सातदोबाटो प्रहरीमा निवेदन दिँदा प्रहरीले कहिले के मिलेन, कहिले के मिलने भन्दै दुई पटक उजुरी रद्द ग¥यो । तेस्रो पटक जाहेरी लिन माने पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको निरु बताउनुहुन्छ । प्रहरी कार्यालय जाँदा भोलि भोलि भन्दै फर्काउने गरेको उहाँको गुनासो छ ।

रिजनले अहिले पनि आफ्नो फेसबुक र इमेल चलाइरहेको भए पनि प्रहरीले खोजीका लागि कुनै कदम नचालेको निरुको भनाइ छ ।

आयोगले अनुसन्धान गर्दै

त्यसपछि निरुले राष्ट्रिय महिला आयोगमा उजुरी दिएपछि आयोगले प्रहरीलाई फोन गरेको थियो । आयोगबाट फोन गर्दा तत्काल प्रहरी कार्यालय आउन भने पनि आफू प्रहरीमा जाँदा नबोलाइ किन आएको भन्दै प्रहरीले थर्काएको निरुले बताउनुभयो ।

महिला आयोगले निरुको विषयमा अनुसन्धान भइरहेको बताएको छ । निरुको मुद्दामा कसरी अघि बढ्ने भन्नेबारे छलफल भइरहेको आयोगको मुद्दा शाखाकी विमला खड्काले बताउनुभयो ।

कानुनअनुसार बिहे र लिभिङ टुगेदर फरक हुन् । पछिल्लो समय लिभिङ टुगेदरलाई पनि घरेलु हिंसाअन्र्तगत् राख्ने गरेकाले यस्ता उजुरी निकै बढेको खड्काको भनाइ छ । आयोगमा परेका उजुरीलाई पीडितको सल्लाहबमोजिम अघि बढाउनुपर्ने भएकाले सबैकुरा भन्न नमिल्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP