Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

‘महानायक र महानायिका’को बिषयमा भुवन केसीको नयाँ कार्ड

नेपाली चलचित्रका कलाकारहरु सम्मानका भोका छन् । अझ, विभिन्न संघसंस्थाले दिने उपाधि ग्रहण गर्ने होडबाजीमा त उनीहरु सधै नै अगाडि छन् । नेपाली चलचित्रका नायक–नायिकालाई ‘महानायक, महानायिका, मेघास्टार, सुपरस्टार, एक्सन किङ, राइजिङ स्टार’ लगायतका थुप्रै उपनाम दिइएको पाइन्छ । व्यक्ति अनुसार दिने यस्ता उपाधि स्विकार गर्नका लागि कलाकारहरुले अस्विकार गरको भने सुनिदैन ।

नायक राजेश हमाललाई ‘महानायक’, नायिका करिश्मा मानन्धरलाई ‘महानायिका’को उपाधि विभिन्न संघसंस्थाले दिने गरेका छन् । तर, यी उपाधिको बिषयमा विभिन्न समयमा बहस भने भैरहेको पाइन्छ ।

आखिर, ‘महानायक र महानायिका’को मापदण्ड के हो ? यसको स्पष्ट ब्याख्या भने भएको पाइदैन । कसैले नायक राजेश हमाललाई ‘महानायक’ मान्छन् त, केही चलचित्रकर्मी भुवन केसी यो उपाधिको हकदार भएको दाबी गर्छन् । नायक भुवन केसीले स्पष्ट रुपमा नभनेपनि उनलाई राजेश हमाललाई दिइएको ‘महानायक’को उपाधि भने चित्त वुझेको छैन ।

यस्तै, नायिका करिश्मा मानन्धरलाई दिइएको ‘महानायिका’को उपाधिमा पनि धेरै चलचित्रकर्मीको चित्त वुझेको छैन । यसैविच, आइतबार आयोजना भएको एक कार्यक्रममा नायक भुवन केसीले ‘महानायक र महानायिका’को बिषयमा नयाँ कार्ड फ्याकेका छन् । भुवनले नेपाली चलचित्रको ‘महानायक’ शिव श्रेष्ठ भएको बताए । उनले भने–‘जसले पाकिस्तानदेखि नेपाल थर्कायो । जसले, थुप्रै सुपरहिट चलचित्र दिएको छ । उ महानायक नभएर को हुन्छ ?’

भुवनले ‘महानायिका’को बिषयमा भने नयाँ कार्ड फ्याकेर हलचल नै ल्याएका छन् । उनले, नायिका गौरी मल्ललाई ‘महानायिका’को उपाधि दिनुपर्ने बताए । भने–‘नेपाली चलचित्रको महानायिका गौरी मल्ल हुन् । उनको अभिनयको तुलना अरु कलाकारसँग गर्न नै सकिदैन । आजको पुस्तालाई पनि गौरीले अभिनय सिकाइरहेकी छिन् । अभिनयकी धनी यी कलाकार महानायिका नभएर अरु को हुन्छ ?’

भुवन केसीले ‘महानायक र महानायिका’ शिव श्रेष्ठ र गौरी मल्ल हुनुपर्ने भन्दै नयाँ कार्ड फ्याकेका छन् । अब, उनको यो दाबीलाई कतीले स्विकार गर्ने हो, त्यो भने भोलीको कुरा हो । भुवनले आफूले यो विवादका लागि मात्र नभनेको बताएपनि उनको यो कुराले ठूलै हलचल भने पैदा गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP