Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

राष्ट्रियसभा सदस्य मनोनित गर्ने अधिकार पार्टीकाे होइन : राजन भट्टराई

काठमाण्डौ – प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले राष्ट्रियसभा सदस्य मनोनित गर्ने अधिकार क्षेत्र पार्टीको नभएको बताउनुभएको छ । राष्ट्रियसभा सदस्यको मनोनयनका सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गरेर सिफारिस गरेअनुसार राष्ट्रपतिले अन्तिम टुंगो लगाउने उहाँले बताउनुभयो ।

सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने विषयमा पार्टीले सरकारलाई सुझाव मात्रै दिन सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मनोनयनको विषयमा पार्टीको निर्णय भन्ने हुँदैन । मनोनयनको विषय राष्ट्रपतिको विषय हो । पार्टीले निर्णय गरेर यो गर भन्ने होइन् । पार्टीले दिएकाे सुझावलाई सरकारले कसरी लिन्छ भन्नेमा प्रधानमन्त्रीले जिम्मेवारीपूर्ण तरिकाले हिसाबले निष्कर्ष निकाल्नुहुन्छ ।’

भट्टराईले गौतमको विषय व्यवस्थापन हुन नसक्ने विषय नभएकाले उपयुक्त हिसाबले व्यवस्थापन हुने बताउनुभयो । नतिजा के हुन्छ भन्ने कुरा १, २ दिनभित्र टुंगो लाग्ने भएकाले अहिले बोल्न हतारो हुने उहाँले बताउनुभयो ।

एमसीसीको विषयमा प्रधानमन्त्रीले संसदबाट नै पारित हुन्छ भनिसकेकाले पारित हुने उहाँले बताउनुभयो । राष्ट्रहीत विपरीतका कुराहरु छन् भने पारित गर्न नहुने उल्लेख गर्दै उहाँले मुलुकको सार्वभौमिकता विपरित, सैन्य र राजनीतिक गठबन्धन लगायतका पक्षमा दायाँबायाँ हुने छुट वर्तमान सरकारलाई नभएको उहाँले बताउनुभयो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा मुछिएका बाँस्कोटामाथि छानबिन हुने र आरोप प्रमाणित भए कारबाही हुने उहाँले बताउनुभयो । तर छानबिन पूरा नहुँदै अपराधी जस्तो व्यवहार गर्नु उपयुक्त नहुने भट्टराईले बताउनुभयो ।

भारतसँग सीमा समस्या समाधानका लागि छिट्टै वार्ता हुने पनि भट्टराईले बताउनुभयो । विदेशसचिव स्तरको वार्ताका लागि नेपालले पठाएको पत्रको जवाफ भारतले दिए पनि मिति भने तय नभएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP