Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कपिलवस्तुले विकासमा प्राथमिकता पाउँछ : राज्यमन्त्री नेपाल

लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास राज्यमन्त्री रिन नेपालले कपिलवस्तुले विकासमा प्राथमिकता पाउने बताउनुभएको छ । विकासमा पछाडि परेको जिल्लालाई आफूले प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । नेपाली काँग्रेस शिवराज नगर समितिले चन्द्रौटामा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै नेपालले पर्यटनको विकास आजको महत्त्वपूर्ण विषय रहेको बताउनुभयो ।
कपिलवस्तुमा धार्मिक तथा पर्यटकीय स्थलहरू रहेकोले यी स्थललाई संरक्षण र प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभयो । ढल निकास नहुँदा तथा सरसफाईको कमिले कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप बढेकोले त्यसमा नागरिकहरू सचेत बन्दै सरसफाईमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति सुरेन्द्रराज आचार्यले विकासमा कसैलाई पक्षपात नगरी समग्र जिल्लालाई हेर्न सुझाव दिनुभयो । नेपाली काँग्रेसले सधैँ जनताको हक अधिकारको लागि लड्ने भएकोले जनताको गरेको प्रतिविद्धतालाई पुरा गर्न राज्यमन्त्री नेपाललाई आग्रह गर्नुभयो ।जिल्ला उपसभापति अब्दुल कलाम,हुमाकान्त खनाल,अजय थापा लगाएतले सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । नगर सभापति मधु पोख्रेलको अध्यक्षतामा ,उपसभापति करम हुसेनको स्वागत मन्तव्यमा रहेको कार्यक्रम विष्णु पोख्रेलको सञ्चालनको सम्पन्न भएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP