Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

आमाबुवाको हत्यापछि जीवितै भेटिएकी शिशुको स्वास्थ्य जटिल बन्दै

धनगढी – बिहीबार दिउँसो कञ्चनपुरमा आमाबुबाको हत्यापछि जीवितै भेटिएकी शिशुको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । बेहोस भएपछि शुक्रबार रातिदेखि धनगढीमा रहेको माया मेट्रो अस्पतालमा ७ महिने शिशुको आइसियुमा राखेर उपचार भैरहेको छ ।

आमाबुबाको हत्यापछि शिशुलाई मावलीको जिम्मा लगाइएको थियो । आमाबुवाको हत्यापछि बिचल्लीमा परेकी शिशुको उपचारमा लाग्ने सम्पूर्ण खर्च अस्पतालले बेहोर्ने अस्पतालका अध्यक्ष धीरेन्द्र साउदले बताउनुभयो ।

अस्पतालका बालरोग विशेषज्ञ डाक्टर मोहन साउदले बच्चाको टाउकोमा गम्भीर चोट लागेकोले अवस्था अत्यन्तै नाजुक रहेको बताउनुभयो ।

डाक्टर साउदले बच्चाको उपचारमा अस्पतालले विशेष ध्यान दिइरहेको जानकारी दिनुभयो । बच्चाको होस अझै आइनसकेको कारण केही भन्न नसकिने अवस्था रहेको अस्पतालले जनाएको छ ।

बिहीबार कञ्चनपुरका जयलाल भण्डारी र उनकी २२ वर्षीया श्रीमती धानादेवी भण्डारी दिउँसो आफ्नै घरमा विभत्स हत्या गरेको अवस्थामा फेला परेका थिए ।

उनीहरुको हत्या कसले गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP