Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

गौतम बुद्ध साझेदारी बनको निमार्ण कार्य अन्तिम चरणमा, अध्यक्ष यादवले सराहनीय काम गर्दै

फागुन १७ गते – विजयनगर, क.व.

कपिलवस्तुको गौतम बुद्ध साझेदारी बनको भवन निमार्णको कार्य अन्तिम चरणमा पुगेको छ । साझेदारी बनले आफ्नै लगानीमा बनको भवन निमार्ण कार्य सुरु गरेको थियो । साझेदारी बनको भवन विजयनगर गाउँपालिकाको वडा नं. ६ मा रहेको उज्ज्वलपुरमा निमार्ण भईरहेको छ ।
उक्त भवन १०% अर्थात २ लाख २१ हजार २ सय ६६ रुपियाँ बराबरको श्रमदान सहित १९ लाख ९२ हजार ८ सय ३१ रुपियाँको लगानीमा बनको भवन बनाउने काम भईरहेको छ ।
साझेदारी बनको भवन ४ कोठेसहित १ हल बन्ने भएको छ । यसै महिनामा भवन निमार्ण कार्य सम्पन्न गरिने भवन उपभोक्ता समितिका अध्यक्ष अकबर हुसेनले जानकारी दिनु भएको छ ।
बनको भवन नहुँदा कार्यालय सञ्चालन, कर्मचारी समस्या र दैनिक कामकाजको सञ्चालन र व्यवस्थापनमा निकै समस्या भईरहेको हुनाले भवन निमार्ण गरिरहेको गौतम बुद्ध साझेदारी बनका अध्यक्ष जानकी प्रसाद यादवले बताउनु भयो । भवन निर्माणपछि हरेक कामहरुको व्यवस्थापनमा सहज हुने कुरामा अध्यक्ष यादवले जोड दिनु भयो ।
यस्तै २ ओटा ताल पनि बनाउने बताउनु भएको छ । गाउँपालिकाको वडा नं. १ हनुमाननगर र नौसहरामा ताल बनाउने योजना रहेको बताउनु भयो । अतिक्रमण क्षेत्रमा वृक्षरोपण गर्ने, विरुवा उत्पादन गरी वितरण गर्ने उहाँले भन्नु भयो ।
निर्माणधीन भवनको तीनतिरै ताल रहेकाले त्यस तालहरुमा साइवरियन चरासमेत आईरहेको बताउँदै ताललाई संरक्षण गरी प्रचार प्रसार गरेमा सिमसार क्षेत्रको प्रचुर सम्भावना रहेको यादवले दावी गर्नु भयो ।
उहाँले आगामी दिनमा गेट निमार्ण गर्नुका साथै यस स्थलमा पिकनिक स्पोर्टस् समेत बनाउने लक्ष्य रहेको जिकिर गर्नु भएको छ । उक्त ठाउँ सौन्दर्यको हिसाबले मनोरम, सुन्दर र स्वच्छ वातावरण रहेकोले पर्यटकहरुका लागि उपयुक्त रहेको अध्यक्ष यादवले बताउनु भयो । यसरी पर्यटकहरुको आकर्षण बढ्दै जाने कुरामा विश्वास समेत व्यक्त गर्नु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP