Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

भिजेको धानलाई कसरी सुरक्षित बनाउने ?

काठमाण्डाै – झरीले भिजेको धानलाई सुरक्षित बनाउन विभिन्न उपाय अपनाउन विज्ञले सुझाव दिएका छन् ।

धानबाली विज्ञ हरिकृष्ण उप्रेतीका अनुसार सबैभन्दा पहिले भिजेको धानलाई हलुकासँग उठाएर सुक्खा ठाउँमा राख्नुपर्छ । उम्रेर नोक्सान हुनबाट जोगाउनका लागि धेरै चिसो वा धेरै तातो ठाउँमा राख्न हुँदैन । नकाटेको धान ढलेको भए पानी तर्क्याउने र पानी सबै सुकेपछि मात्र काट्न उहाँले सुझाव दिनुभएको छ ।  

यस्तै झार्न सम्भव भएको ठाउँमा धान चिसै भए पनि झारेर ओभानो ठाउँमा लगेर राख्नु पर्छ । चिसो धानलाई एक्कासी तातो ठाउँमा राख्नु हुँदैन । चिसो धानलाई एक्कासी तातो ठाउँमा राख्दा  उम्रने सम्भावना रहन्छ ।

धान राख्दा चिस्यान प्रतिशत १४ भन्दा कम हुनुपर्ने उहाँले बताउनुभयो । नकाटेको धान डुबेको भए चिन्तित हुन नपर्ने उप्रेतीले बताउनुभयो । नकाटेको धान डुबेको भए पनि पछि झार्दा  धेरै नोक्सान नहुने उहाँको भनाइ छ । लगातारको वर्षाका कारण देशका धेरै ठाउँमा धान बाली डुबेको छ ।

कतिपय ठाउँमा काटिसकेको धान पानीमा भिजेको छ भने कतिपय ठाउँमा दाना नै नलागेको धान ढलेको छ । दाना नै नलागेको धान डुबेको अवस्थामा  भने त्यसलाई  सुरक्षित गर्न नसकिने धानबाली विज्ञ उप्रेतीले बताउनुभयो । 

वर्षाका कारण १० देखि १५ अर्ब रुपैयाँ बराबरको धानबाली नोक्सान भएको सरकारले अनुमान गरेको छ । तर तथ्याङ्क सङ्कलनको काम भइरहेकाले यकिन तथ्याङ्क आउन भने बाँकी नै छ । किसानले बेहोर्नुपरेको क्षतिपूर्ति कसले र कसरी दिन्छन् भन्ने अझै टुङ्गो लागेको छैन ।

किसानको क्षतिपूर्ति उपलब्ध गराउने एक मात्र उपाय बाली बीमा भए पनि कतिपय किसानलाई अझै पनि बाली बीमाबारे थाहा नभएकाले समस्या निम्तिएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP