Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

किसानलाई ‘पशु सुत्केरी भत्ता’ दिने पर्वतको जलजला गाउँपालिका

पर्वत : ‘भैँसी ब्याएपछि पाडापाडी पाल्ने किसान थोरै मात्र होलान्। मैले पनि पहिले पहिले राखिनँ, अहिले भने ब्याउनासाथ पाडापाडी बेच्ने चलन हराउँदै गएको छ। अहिले पाडापाडी राख्नुपर्छ भन्ने मानसिकता बढ्दै गएको छ,’ पर्वतको जलजला गाउँपालिका–८ लस्तीका तोपबहादुर क्षेत्री भन्छन्, ‘कृत्रिम गर्भाधान गरेका गाई भैँसी ब्याएपछि तिनीहरूका पाडा बाच्छा हुर्काए गाउँपालिकाले एउटा पशुलाई २५ सय भत्ता दिने गरेको छ।’

तोपबहादुरले भनेजस्तै जलजला गाउँपालिकाले व्यावसायिक कृषि प्रवर्द्धनका लागि कृत्रिम गर्भाधान गराएर पाडा बाच्छा हुर्काउने किसानलाई ‘पशु भत्ता’ दिँदै आएको छ।

गएका तीन आवदेखि निरन्तरता दिइएको यो कार्यक्रमले जन्मिँनासाथ पाडापाडी वध गर्ने क्रम घटेको भएको र स्थानीय जातका पाडापाडी तथा बाच्छा हुर्काउने क्रम बढ्दै गएको पशु स्वास्थ्य प्राविधिक दीपक श्रेष्ठले बताए।

‘पशु भत्ता’ लागू भएको पहिलो वर्षमा ५८ जना र गत वर्ष ७२ जना कृषकले ब्याएका प्रति पशुबापत्‌ २५ सय रुपैयाँका दरले रकम बुझेका छन्।

नस्ल सुधार गरी दूध उत्पादन बढाएर कृषकलाई व्यावसायिक बनाउन तथा पाडा र बाच्छा हुर्काउन गरिएको यो कार्यक्रमले कृषकलाई फाइदा पुगेको श्रेष्ठको भनाई छ।

‘गाई भैँसी ब्याउने बित्तिकै हामी पैसा दिँदैनौँ, ब्याएको ४/५ महिनापछि अनुगमनमा पुगेका हुन्छौँ। पाडा बाच्छा हुर्काएको देखे मात्र कृषकलाई रकम उपलब्ध गराउने गरेका छौँ,’ प्राविधिक श्रेष्ठ भन्छन्, ‘यसबाट कृषकहरू पनि हौसिनुभएको छ। नस्ल सुधारका लागि कृत्रिम गर्भाधानको बारेमा कृषक पनि सचेत हुनुभएको छ, यो क्रम बढ्दो अवस्थामा छ।’

उनले ‘सुत्केरी पोषण खर्च’ का रूपमा उपलब्ध गराउने गरिएको यो कार्यक्रममा यस वर्ष कम्तीमा पनि ७२ जना कृषकलाई समेट्ने लक्ष्य राखिएको बताए।

भैँसीलाई राँगा लगाएर गर्भाधान गराउँदा ४ हजार रूपैयाँसम्म शुल्क तिर्नुपर्ने अवस्था रहेकाले पनि कृषकहरू कृत्रिम गर्भाधानमा आकर्षित भएका छन्।

कृत्रिम गर्भाधानको लागि नजिकैमा ३ सय रूपैयाँदेखि टाढा पुग्दा ८ सय रूपैयाँसम्म लिने गरिएको छ। तर राँगाका लागि नजिकैमा ८ सयदेखि टाढा पुग्दा ४ हजारसम्म तिर्नुपर्छ।

त्यसमा पनि कृत्रिम गर्भाधानको नस्ल सुधारबाट दूध उत्पादन समेत बढ्ने भएका कारण पनि आफूहरू कृत्रिम गर्भाधानमा आकर्षित भएको वडा नं ५ लेखफाँटका कृषक मोहदत्त सुवेदीले बताए।

‘राँगालाई ४ हजारसम्म तिर्नुपरेको सुनिएको छ, कृत्रिम गर्भाधान गराउँदा साह्रै परे ८ सयमा उम्किने रहेछ,’ उनले भने, ‘कृत्रिम गर्भाधानले दूध पनि धेरै आउने रहेछ। यसले गर्दा आम्दानी पनि बढ्ने भयो।’

कृषकसँग साझेदारीलाई प्राथमिकता

कृषकसँगको साझेदारी कार्यक्रमले योजना कार्यान्वयन गर्न सहज र प्रभावकारी हुने भएकोले १४ लाख ८० हजार रूपैयाँ साझेदारीका लागि विनियोजन गरेर कार्यान्वयनमा लागिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले बताए।

गाउँपालिकाका पशुपालक कृषक, कृषक समूह, फर्म, सहकारी आदि लक्षित गरेर सहकार्यमा गाई भैँसी गोठ सुधारमा प्रति गाई भैँसी प्रति कृषक बढीमा २५ हजार, कम्तीमा ३ वटा माउ गाई वा भैँसी तथा १५ वटा माउ बाख्रा पाल्ने कृषकलाई सहकार्यमा च्याफकटर वितरणका लागि २ लाख दिइने क्षेत्रीले बताए।

यस्तै बङ्गुर, बाख्रा र कुखुरापालनका लागि २ लाख रूपैयाँ, सहकार्यमा पशुपक्षी यान्त्रिक उपकरण वितरणको लागि २ लाख ३० हजार र बोयर बोका तथा पाठी वितरणको लागि ३ लाख ५० हजार लगानी गर्न लागिएको छ।

‘कृषकलाई व्यावसायिक बनाउन सके आम्दानीको अवस्था माथि उठ्छ, बेरोजगारी समस्या पनि केही मात्रामा हल गर्न सहयोग पुग्छ,’ अधिकृत क्षेत्रीले भने, ‘तर यसअघिका कम्तीमा दुई आवमा गाउँपालिका तथा प्रदेश सरकार अन्तर्गतका कार्यालयबाट सेवा लिइसकेको भएमा यी कार्यक्रममा ती कृषकहरू सहभागी हुन नपाउने नियम राखिएको छ।’

गाउँपालिकाले कृषकलाई नाफामुखी बनाउँदै गाउँपालिकालाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्य राखेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP