Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

सोलुखुम्बुको मेरा पिकमा फसेका नौ जनाको उद्धार (अपडेट)

सोलुखुम्बु – सोलुखुम्बुको मेरा पिक क्षेत्रमा फसेका नाै जनालाई उद्धार गरिएको छ । मौसम प्रतिकूल बन्दा मेरा पिक आरोहण गरेर फर्किने क्रममा गएकाे मङ्गलवार दिउँसोदेखि दुई विदेशी पर्यटकसहित १० जना फसेकामा अहिलेसम्म नाै जनालाई उद्धार गरिएको एडभेन्चर भिक्टोरी प्रा.लि.का सञ्चालक लक्ष्मण मिसन कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्यहाँ फसेका बेलायती नागरिक स्टु सियन, सोलुखुम्बुको महाकुलुङ ३ का पासाङ छिरिङ शेर्पा र पासाङ शेर्पालाई हिजाे बुधवार पाँच हजार सात मिटर अग्लो मेरला ओडारबाट उद्धार गरिएको हो ।

नुरु शेर्पाको संयोजकत्वमा गएको सात जनाको क्लाइबिङ टोलीले आज बिहीवार बिहान हाई क्याम्पबाट चार जना र पाँच हजार तीन सय मिटरको उचाइमा रहेको बेस क्याम्पबाट दुई जना आरोहीलाई उद्धार गररेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

मेरलाको ओडारमा चार जना रहेको बताइएको भए पनि सोलुदूधकुण्ड नगरपालिका २ का छेतेन शेर्पा भने अझैसम्म सम्पर्कमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) कवित कटवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिम्रिक एअरको हेलिकप्टरले सम्भावित क्षेत्रमा खोजी गर्दासमेत पत्ता लागेको छैन । शेर्पाको खोजीमा अहिले पनि सात जना क्लाइबिङ गाइडको टोली त्यस क्षेत्रमा रहेका छन् । आज उद्धार गरिएकामध्ये चार जनालाई लुक्ला र पाँच जनालाई हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको छ ।

उनीहरू एडभेन्चर भिक्टोरी र मकालु एडभेन्चरमार्फत मेरा पिक आरोहणका लागि असोज २२ गते काठमाण्डौबाट पुगेका ट्रेकिङ कम्पनीले जनाएको छ । उनीहरू विश्व कीर्तिमानका लागि असोज ३० गते चुचुरोमा पुगेर फर्कने क्रममा मौसम प्रतिकूल हुँदा अलपत्र परेका थिए ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP