Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

बाढी र डुबानको दीर्घकालीन समाधान हुन्छ : प्रधानमन्त्री देउवा

कैलाली – प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र डुबानको समस्यालाई दीर्घकालीन रूपमा समाधान हुने गरी पहल गरिने बताउनुभएको छ । आज शुक्रवार कैलालीको टीकापुर नगरपालिका ८ वनगाउँ क्षेत्रमा बाढीका कारण भएको क्षतिको निरीक्षणका क्रममा प्रधानमन्त्री देउवाले बाढी र डुबानको समस्या दीर्घकालीन रूपमा समाधान हुने गरी योजना बनाएर काम गरिने बताउनुभएको हो ।

अहिले बाढी, पहिरो र डुबानका कारण ठूलो क्षति भएको छ । यो विपत्तिका समयमा तत्काल राहत, उद्धार र नागरिकलाई सहानुभूति आवश्यक छ । त्यसमा सरकार लागिसकेको छ, प्रधानमन्त्री देउवाले भन्नुभयो, त्यसपछि दीर्घकालीन रूपमा राहतका लागि सरकारले योजना बनाएर अगाडि बढ्छ । 

उहाँले बर्सेनि कैलालीमा बाढी र डुबानको समस्या झेल्दै आएका नागरिकलाई दीर्घकालीन रूपमा व्यवस्थापन हुने गरी सरकारले योजना बनाउने बताउँदै बाढी र डुबानका कारण किसानले ठूलो क्षति बेहाेर्नुपरेका अवस्थामा दीर्घकालीन राहत प्याकेजको सरकारले व्यवस्थापन गर्ने स्पष्ट गर्नुभयो । 

साथै प्रधानमन्त्री देउवाले विपत्तिका कारण भएको जनधनको क्षतिलाई प्रत्यक्ष रूपमा निरीक्षण गरिएको बताउँदै प्रभावित क्षेत्रको वस्तु स्थितिलाई नजिकबाट नियालेका कारण पनि अहिलेको समस्यालाई समाधानका लागि सरकारले तत्काल योजना बनाएर अगाडि बढ्ने आश्वासन दिनुभयो । 

आज प्रधानमन्त्री देउवा, अर्थ मन्त्री जनार्दन शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले लगायतको टोलीले कैलालीको कैलारी गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका बाढी ग्रस्त क्षेत्रको निरीक्षण गर्नुभएको हो । 

कैलालीमा बाढीका कारण सबैभन्दा बढी प्रभावित भएको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा हजारौँ परिवार विस्थापित भएका छन् भने सयौँ बिघा क्षेत्रफलमा लगाइएको अन्न तथा तरकारी बाली पूर्णरूपमा नष्ट भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP