Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

फाइजरको एक लाख डोज खोप सोमबार नेपाल आइपुग्ने

काठमाडौं । अमेरिकी कम्पनी फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको फाइजर खोप सोमबार नेपाल आइपुग्ने भएको छ ।

स्वास्थ्य सेवा विभागको खोप महाशाखा प्रमुख सागर दाहालका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत १ लाख डोज फाइजर खोप सोमबार नेपाल आइपुग्ने छ ।

फाइजरको खोप कात्तिक २८ गतेदेखि लगाउने गरी तयारी भइरहेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले जानकारी दिए । उनले अनलाइखबरसँग भने, ‘कात्तिक २८ गते विश्व मधुमेह दिवस हो । सोही अवसर पारेर खोप कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ ।’

यो खोप कसले पाउँछन् ?

सरकारले विशेषतः १२ वर्षभन्दा माथि उमेर समूहका किशोर किशोरीलाई लक्षित गरी यो खोप ल्याउन लागेको हो । तर सोमबार आइपुग्ने खोपको मात्रा कम भएकाले १२ वर्षभन्दा माथिका जुनसुकै उमेर समूहका क्यान्सर, मुटु, मधुमेह, दम, एचआईभी जस्ता दीर्घरोगीलाई प्राथमिकतामा राखेर खोप दिने तयारी सरकारको छ । दीर्घ रोगीहरुको रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले त्यस्ता व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राखिएको दाहालले बताए ।

यो खोप माइनस ८० डिग्री तापक्रममा भन्डारण गर्नुपर्ने हुन्छ । त्यसैले यसलाई केन्द्रीय खोप भण्डारणमा राख्ने व्यवस्था मिलाइएको दाहालले जानकारी दिए ।

खोप कार्यक्रम सञ्चालनका लागि केन्द्रीय खोप भण्डारणबाट २ देखि ८ डिग्री तापक्रममा खोप पठाउन सकिने र ३१ दिनभित्र उक्त खोप प्रयोग गरिसक्नुपर्ने उनको भनाइ छ ।

परिवार कल्याण महाशाखा प्रमुख डा. लालका अनुसार आइतबार यो खोपका लागि आवश्यक पर्ने घोलकलगायत अन्य सामग्री आइपुग्ने छन् भने सोमबार खोप आइपुग्ने छ ।

यो खोप अन्यभन्दा फरक भएकाले यसको प्रयोग गर्ने तरिका पनि भिन्न रहेकोले विशेषज्ञ सेवा सञ्चालन भएका अस्पतालबाट खोप कार्यक्रम सञ्चालन गर्न लागेको डा. लालले बताए । यो खोप लगाउने स्वास्थ्यकर्मीलाई पनि तालिम दिने तयारी भइरहेको र आगामी दिनमा आउने थप खोप लगाउन पनि तालिम लिएका जनशक्ति प्रयोग गरिने उनले बताए ।

खोप कार्यक्रम कसरी सञ्चालन हुन्छ ?

यो खोप देशभरका २४ वटा अस्पतालबाट सञ्चालन हुने खोप महाशाखा प्रमुख दाहालले बताए ।

काठमाडौं उपत्यकाभित्र ९ वटा अस्पताल र विशेषज्ञ सेवा सञ्चालन भएका सबै प्रदेशका अस्पताल रहने गरी १५ वटा अस्पतालबाट यो खोप कार्यक्रम सञ्चालन हुने उनले बताए ।

प्रभावकारिता कस्तो छ ?

मंगलबार मात्रै अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले १२ देखि १८ वर्ष उमेर समूहका व्यक्तिमा फाइजर खोप प्रभावकारी हुने निष्कर्ष निकालेको छ । गत जुन र सेप्टेम्बर महिनामा गरिएको अध्ययनका आधारमा खोप लगाएपछि सो उमेर समूहका व्यक्ति अस्पताल भर्ना हुनुपर्ने अवस्थाबाट ९३ प्रतिशत सुरक्षित हुने निष्कर्ष निकालिएको छ ।

यो खोप लगाएका ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकामा ९०.७ प्रतिशत प्रभावकारी रहेको कम्पनीले दावी गरेको छ ।

खोप उत्पादक कम्पनीले दुई हप्ताअघि नै अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनसँग ५ देखि ११ वर्ष उमेरका बालबालिकामा खोप प्रयोगको अनुमति दिन अनुरोध गरिसकेको छ ।

अमेरिकाको खाद्य तथा औषधि विभाग (एफडीए) ले १६वर्षमाथिका व्यक्तिमा खोप प्रयोगको पूर्ण अनुमति दिइसकेको छ । त्यस्तै एफडीएले १२ देखि १५ वर्षका बालबालिकाले आकस्मिक परिस्थितिमा खोप लगाउन सक्ने व्यवस्था गरेको छ ।

बिहीबार मात्रै खोप निर्माता कम्पनीले बायोइन्टेक र फाइजर खोपको बुस्टर डोज लगाएकामा ९५.६ प्रतिशत प्रभावकारी हुने सार्वजनिक गरेको थियो ।

के छन् असर ?

हालसम्मका परीक्षण अनुसार खोप लगाएका १२ देखि १५ वर्षका बालबालिकामा खोप लगाएको ठाउँमा पीडा हुने,थकान हुने, टाउको दुख्ने, शरीर चिसो हुने, मांशपेशीमा पीडा हुने, ज्वरो आउने र जोर्नी दुख्ने जस्ता साइड इफेक्ट देखिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP