Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

र्लाही : बेग्लाबेग्लै दुर्घटनामा परेर सर्लाहीमा तीन जनाको मृत्यु भएको छ। करेन्ट लागेर दुई जनाको र मोटरसाइकलले ठक्करबाट एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ईश्वरपुर नगरपालिका–१५ सुकनाहामा ट्युबेलमा पानी चलाउने क्रममा करेन्ट लाग्दा ब्रहम्पुरी गाउँपालिका–७ मोहनगङ्जकी २८ वर्षीया पपितादेवी साहको मृत्यु भएको गाउँ कार्यपालिका सदस्य ललन साहले जानकारी दिए।

यसैगरी करेन्ट लागेर नै ब्रहम्पुरी–२ का ४० वर्षीय सुरेन्द्र साहको मृत्यु भएको प्रहरी निरीक्षक कृष्ण गिरीले जानकरी दिए। विद्युतीय पोलमा वाइफाईको तार जोड्न जाँदा साहलाई शनिबार साँझ करेन्ट लागेको थियो।

यसैबीच बागमती नगरपालिका–५ मा मोटरसाइकलले  साइकललाई ठक्कर दिँदा बागमती –८ का १४ वर्षीय बालक प्रकाशबहादुर थिङको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP