Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

दाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २१ घाइते

दाङ : दाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा २१ जना घाइते भएका छन्। मृत्यु हुनेमा  घोराही उपमहानगरपालिका–१० कटुकीका बसका सहचालक २८ वर्षीय प्रेम परियार छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ६ ख ७६३३ नम्बरको यात्रुवाहक बस आइतबार बेलुका करिब साढे ५ बजेतिर तुलसीपुर–६ मोतीपुरमा दुर्घटनामा परेको हो।

परियारलाई बसले च्यापेको अवस्थामा जेसिभीको सहयोगमा उद्धार गरी राप्ती प्रादेशिक अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालयका डीएसपी श्यामु अर्यालले जानकारी दिए।

घाइते २१ जनाको अवस्था सामान्य रहेको र उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र चालकलाई नियन्त्रणमा लिइएको प्रमुख अर्यालले जानकारी दिए।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP