Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

‘नेपालमा प्रयोग भएका सबै खोप गर्भवतीले लगाउन मिल्छ’

काठमाडौं : अहिलेसम्म नेपालमा उपलब्ध कोरोना भाईरसविरुद्धको खोप १८ वर्षमाथिका नागरिकले लगाउन मिल्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। तर, कतिपय नखोपले नकारात्मक असर गर्छ भन्ने गलत मानसिकताका कारण खोप लगाउन नगएको देखिएको छ। 

यसमध्ये कतिपय गर्भवती महिला समेत खोपले गर्भमा रहेको शिशुलाई असर गर्छ भन्ने गलत मनसायका साथ खोप लगाउन नगएको देखिएको छ।

यता स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रखुख डाक्टर सागर दाहालले नेपालमा उपलब्ध भएका सबै कम्पनीका खोपहरु गर्भवती महिलाले पनि लगाउन मिल्ने बताए। गर्भवती महिला कोरोनाविरुद्धको खोप लगाउन डराएको केही सूचनाहरु आएकाले ढुक्क भएर खोप लगाउन उनको आग्रह छ।

‘बिभिन्न जिल्लाहरुबाट गर्भवती महिलाले खोप लगाउन डराएको बुझिएको छ, हामीकहाँ उपलब्ध सबै प्रकारका खोप गर्भवती महिलाले पनि लगाउन मिल्ने अन्तराष्ट्रिय स्तरबाटै प्रमाणित भएको छ यसकारण सबै गर्भवती महिलालाई ढुक्क भएर खोप लगाउन मेरो आग्रह छ’ उनले भने।

मन्त्रालयले सबै जिल्लाहरुबाट कति गर्भवती महिलाले कोरोना विरुद्धको खोप लगाए भन्ने तथ्याङ्क संकलन गर्ने कार्य गरिरहेकाले अहिले नै खोप नलगाएका गर्भवतीको संख्या यति छन् भन्न नसकिने डा दाहालले बताए। 

‘हामीले विभिन्न सर्भेबाट कुन जिल्लामा कति गर्भवती महिलाले कोभिड विरुद्धको खोप लगाएका छन् र कतीले लगाएनन भन्ने तथ्यांक निकाल्दै छौँ, तथ्यांक आएपछि मात्र कतिले लगाएनन भन्न सकिन्छ,’ उनले भने।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP