Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

खाना पकाउने ग्यासको मूल्‍य सिलिण्डरमै ५० बढ्यो

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ। निगमले शुक्रबार रातिबाट लागू हुने गरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धनको मूल्य बढाएको हो।

निगमले विभिन्न समयमा पेट्रोलियम पदार्थहरूको मूल्‍य बढाउँदै आएको भए पनि यसपटक खाना पकाउने एलपी ग्यासको भने प्रतिसिलिण्डर ५० रुपैयाँले बढेर अब प्रतिसिलिण्डर १५ सय रुपैयाँ पुगेको छ। यसअघि २५ रुपैयाँले बढ्ने गरेको ग्यासको मूल्‍य सिलिण्डरमै ५० बढ्दा उपभोक्तालाई मार परेको छ।  

त्यस्तै, पेट्रोलको साविकको बिक्री मूल्यमा तीन रुपैयाँले वृद्धि गरी एक सय ३३ रुपैयाँ कायम गरेको छ। यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर तीन रुपैयाँले नै बढेर एक सय १६ रुपैयाँ पुगेको छ।

आन्तरिक तथा बाहृय हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ९६ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य अमेरिकी डलर आठ सय ५३ प्रति किलो लिटर कायम गरिएको छ।

मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १२.५५, डिजेलमा प्रतिलिटर ११.६७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर चार सय ६१.२२ रुपैयाँ घाटा हुने निगमको दाबी छ। निगमले आफूलाई प्रतिमहिना चार अर्ब घाटा बेहोर्नुपरेको भन्दै मूल्‍यवृद्धि गर्नुपरेको बताएको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले घाटा कम गर्न आगामी दिनहरूमा पनि मूल्यवृद्धि गर्नुपर्ने बाध्यता हुनसक्ने पनि निगमले विज्ञप्तिमा उल्लेख गरेको छ।

पेट्रोलियम पदार्थको मूल्‍यवृद्धि हुँदा असअघि प्रायजसो विभिन्न विद्यार्थी संगठनहरूले आन्दोलन र हडताल गर्ने गरेका भए पनि यसपटक यो समाचार तयार पार्दासम्म कुनै संगठनले प्रतिक्रिया जनाएका छैनन्।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP