Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

अफगानिस्तानबाट ९४० नेपालीको उद्धार, सुरक्षा जोखिमबाट सबै नेपाली मुक्त

काठमाडौँ । अफगानिस्तानको शासन व्यवस्था तालिवानले सम्हालेपछि उद्धारको प्रतीक्षामा रहेका ३२ नेपालीको अन्तिम डफ्फा शनिबार काठमाडौं आइपुगेसँगै त्यहाँ कुनै नेपाली सुरक्षा जोखिममा नरहेको परराष्ट्र मन्त्रालयले बताएको छ । शनिबार स्वदेश फर्केका ३२ जनासँगै उद्धार भई स्वदेश फर्कनेको सङ्ख्या ९४० पुगेको छ ।

अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय नियोग तथा कार्यालयमा अतिआवश्यक कार्यमा संलग्न केही नेपालीहरु मात्र रहेका तथा उनीहरूमा सुरक्षा जोखिम नरहेको बताउँदै मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रसङ्घीय निकायले अतिआवश्यक मानवीय तथा विकाससम्बन्धी कार्य जारी रहने जनाउँदै राष्ट्रसङ्घमा कार्यरत नेपालीलाई कुनै सुरक्षामा जोखिम भए सबैलाई सुरक्षितरूपमा नेपाल फिर्तीको प्रबन्ध मिलाइने जानकारी दिएका छन् ।’

उद्धार भई शनिबार फर्केकाहरू वैदेशिक रोजगारीको स्वीकृति नलिई अफगानिस्तान पुगेका, राजधानी काबुलका विभिन्न भागमा स–सानो समूहमा छरिएर रहेका तथा उनीहरूलाई एउटै समूहमा आवद्ध गरी आवास र भोजनको सुविधासहित सुरक्षितरूपमा राख्ने प्रबन्ध नेपाल सरकारको अनुरोधमा आईडीजी कम्पनीमार्फत गरिएको थियो ।

तालिवान सत्ता प्रारम्भ भएदेखि नै सरकारले उद्धारका निम्ति अफगानिस्तानको निरन्तर अनुगमन गरी काबुल तथा काठमाडौंस्थित मित्रराष्ट्र भारत, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, जर्मनी, युरोपेली सङ्घ, जापानका राजदूतावासहरू, काबुलस्थित नेटो सैन्य अधिकारी, संयुक्त राष्ट्रसङ्घीय नियोग तथा कार्यालय, अन्य अन्तर्राष्ट्रिय सङ्घसंस्थाका कार्यालय तथा रोजगारदाता एवं जनशक्ति आपूर्ति गर्ने कम्पनी, स्थानीय कार्यालय एवं तिनका मुख्यालयमार्फत कूटनीतिक प्रयास गरेको थियो ।

सरकारले अफगानिस्तानको उद्धार ‘मिशन’ मा सहयोग गरेका सबै स्वदेशी निकाय, रोजगारदाता, मित्रराष्ट्रहरु तथा राष्ट्रसङ्घीय निकायप्रति आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP