Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

सरकारले दिने निःशुल्क औषधि पाउँदैनन् जुम्लाका नागरिक

जुम्ला : तिला गाउँपालिका-३ का परिलाल कठायत उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगे। ज्वरो आउने र टाउको दुखेकाले उनी प्रतिष्ठानको ओपिडीमा गएर ५० रुपैयाँ तिरेर बिरामी पुर्जा काटे। चेकजाँचपछि डाक्टरले उनलाई सिटामोल र तातोपानी खाने सल्लाह थिए।

कठायत  ओपिडी वार्डको निःशुल्क औषधि लेखेको ठाउँमा गए। तर कर्मचारीले सिटामोल समेत दिएनन्। किनेर लिन सुझाव दिए।

नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको ७२ प्रकारका प्रतिष्ठानमा पाउन सक्नु दुःखद भएको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्की बताए। यो समस्या बिगत्तदेखि कै भएको उनले बताए।

सिजाका स्थानीय रतन वड यो समस्या प्रतिष्ठानमा मात्रै नभई दुर्गमका स्वास्थ्य चौकीमा पनि रहेको बताए। दुर्गभका स्वास्थ्य संस्थामा त कहिले औषधि नहुने त कहिले  स्वास्थ्यकर्मी नहुने गरेकाले निजी मेडिकलबाट महँगोमा औषधि र स्वास्थ्य सेवा लिन नागरिक बाध्य रहेको उनको भनाइ छ। दुर्गम क्षेत्रमा अनुगमन नहुने भएकाले निजी मेडिकलहरुले आफू खुसी मूल्य लिने गरेको उनको आरोप छ।

जनस्वाथ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्णा सावकोटा स्वास्थ्य संस्था दर्ता छ या छैन भनेर हेर्ने निकाय औषधि विभागको रहेको बताउँछन्। यसको अनुगमन र नियमन गर्न अधिकार स्थानीय तहलाई दिइएको उनले जानकारी दिए। छ।

स्वाथ्य िमाप्रति सर्वसाधरण सन्तुष्ट

स्वास्थ्य बिमा कार्यक्रमले सञ्चालनमा आएको ६ वर्ष  पुग्न लागे पनि सर्वसाधरणले भने सुविधा लिन नसकेको गुनासो गरेका छन्।

जुम्लाको जनसंख्या एक लाख ८ हजार छ। हिमा गाउँपालिकामा ४ हजार २०६, सिजा ४ हजार ७१३, पातारासीमा ७ हजार ५७१, कनका सुन्दरीमा ४ हजार ९६५, तिलामा ६ हजार ९८३, तातोपानीमा ७ हजार ७६४, चन्दननाथ नगरपालिकामा १२ हजार ३३४ र गुठीचौर गाउँपालिकामा ५ हजार ३४६ जनाले बिमा गरेका छन्।

बिमा गरेका नागरिकले विभिन्न सेवा र औषधि निःशुल्क पाउने व्यवस्था छ। तर जुम्लाका नागरिकले अधिकांश औषधि निजी मेडिकलबाट किनेर लिनुपर्ने बाध्यता रहेको  स्थानीय देवीप्रसाद सिंखडाले बताए। उनले भने‚ ‘सिटामोल पनि किनेर लिने गरेका छौं।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान निजी अस्पताल भए पनि त्यहाँ नेपाल सरकारले दिने  ७२ प्रकारका औषधि निःशुल्क आउने गरेको छ। तर उपचारका लागि आउने बिरामीले ती औषधि नपाएको बिरामीहरुले गुनासो गरेका छन्।

पातारासी गाउँपालिका पेरेगाउँका उजेलू बुढाले प्रतिष्ठानबाट सहज रुपमा उपचार नपाएको गुनासो गरिन्। ‘प्रतिष्ठानमा उपचार गरेर एक दिनमै फर्किएको रेकर्ड छैन। एक दिन बास बस्नु पर्दा झन् खर्च बढ्ने  गरेको छ‚’ बुढाले भनिन्, ‘आएको दिन चेकजाँच गर्न पठाइन्छ। साँझ ५ बजेसम्म कुरे पनि रिपोर्ट हेर्ने डाक्टर आउँदैनन्। डाक्टरसँग रिपोर्ट देखाउनकै लागि र्को दिन कुर्नुपर्ने हुन्छ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP