Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

दुर्घटनामा पाँच जनाकाे मृत्यु

काठमाडौं : रौतहट, मोरङ, झापा, नवलपरासी र कपिलवस्तुमा भएका छुट्टा छुट्टै दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। रौतहटको चन्द्रपुर नगरपालिका ३ प्रणामी टोलमा शनिबार साँझ गुडिरहेको ट्याक्टरबाट खस्दा चालकको मृत्यु भएको छ।  ना ४ त ३९३५ नम्बरको ट्याक्टरबाट गुडिरहेको अवस्थामै चालक चन्द्रपुर नगरपालिका ३ का ३५ वर्षीय रत्न बहादुर मोक्तान खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका ४ दुलारीमा लहरीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानिय ४५ वर्षीय श्याम लिङ्खा रहेका छन्। 

झापाको अर्जुनधारा नगरपालिका ११ सालबारीमा गएराति मोटरसाइकल पल्टिदा चालक १८ वर्षीय कुसल दासको मृत्यु भएको छ।  नवलपरासीको ७ चोरमारामा पनि मोटरसाइकल पल्टिदा चालक स्थानीय २९ वर्षीय नेत्रबहादुर मिथुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

यसैबिच कपिलवस्तुको वाणगंगा नगरपालिका ८ मधुवनमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। स्थानीय ८५ वर्षीय रुद्रप्रसाद पौडेलको मृत्यु भएको हो। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP