Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

लुम्बिनीमा बन्यो बज्रयान विहार, राष्ट्रपतिद्वारा उद्घाटन

लुम्बिनी : गौतम बुद्धको जन्मथलो लुम्बिनीमा नेपाली मौलिकता झल्किने वज्रयान विहार निर्माण सम्पन्न भएको छ।  काठमाडौ| महानगरपालिकाको ४ करोड ३० लाख लगानीमा विहार निर्माण सम्पन्न भएको हो। 

आइतबार राष्ट्रपति विद्या देवी भण्डारीले  विहारको उद्घाटन गरेकी हुन्। विहारको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गौतमबुद्ध नेपालमै जन्मिएको भन्दै नेपाल र नेपालीको गौरव भएको बताइन्।

उनले भनिन्,‘म एउटै कुरा भन्छु, गौतमबुद्ध जन्म नेपालमै भएको हो।’ उनले थपिन्, ‘गौतम बुद्धले आफ्नो लामो तपस्याबाट ज्ञान आर्जन गर्नुभयो र विश्व समूदायका लागि अमूल्य विचार दिनुभयो । बुद्ध दर्शनको मर्म र भावनाअनुसार हामी चल्न सक्नुपर्छ त्यो मर्म र भावनाअनुसार चल्न सक्यौँ भने निश्चय पनि देशको विकास हुन्छ।’

उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिका सहितको आर्थिक सहयोगमा विहार बन्दा खुशी लागेको बताए।

‘काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि लुम्बिनी भ्रमणका सिलसिलामा आउँदा मौलिक रुपमा बनिरहेको तर अपूरो विहार देखेपछि काठमाडौँ महानगरले केही सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको प्रमुख शाक्यले बताए। 

परम्परागत नेपाली वज्रयान महाविहार समितिका अध्यक्ष डाक्टर नरेश मान बज्राचार्य नेपालमा विहार बनाउने कुरा हरेक नेपालीको कर्तव्य रहेको बताए।  काठमाडौँ महानगरपालिकाले आफूले बोलेको कुरा पूरा गरेरै छाडेको छ, खुशी लागेको  बताए।

उनले भने, ‘काठमाडौँ महानगरपालिकाको करीब चार करोड २९ लाख १८ हजार सहयोगमा विहारका कलात्मक झ्याल, ढोका, टुँडाल र परम्परागत नेपाल मण्डल द्वार निर्माण भएको छ।’ नेपालमा यस्तो कलाकृतिको विहार बन्न छाडेको ३ सय ७२ वर्ष भयो। ३ सय ७२ वर्षपछि अहिले यो विहार बनेको उनले बताए। 
 
नेपाल परम्परागत बौद्ध धर्म संघका उपाध्यक्ष मानिकरत्न शाक्यले अहिलेसम्म करिब १६ करोड खर्च भएको भन्दै २० करोडको लगानीमा सम्पन्न हुने अपेक्षा लिएको बताए। कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, वागमती प्रदेशका पूर्वमन्त्री डाक्टर अजय क्रान्ति शाक्य, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले लगायतको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP