Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

दाङमा साढे ४ लाख रकमसहित जुवा खेल्ने २० जना पक्राउ

दाङ :  दाङमा साढे चार लाख रूपैयाँभन्दा बढी रकमसहित  जुवा खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका-१४ रझेनाका  यज्ञ खड्काको घरमा आइतबार राति करिब ९ बजे उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

अवैध जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट गएको प्रहरी टोलीले ४ लाख ६४ हजार रुपैयाँ नगदसहित २० जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा घोराही-१५ का ४२ वर्षीय यज्ञप्रताप बस्नेत, ५१ वर्षीय रामप्रसाद गिरी, २८ वर्षीय मानबहादुर बूढा मगर, ५० वर्षीय रगेन्द्र श्रेष्ठ, घोराही-१४ का २९ वर्षीय लालबहादुर अमल, घोराही-१५ का ५७ वर्षीय शरद लामिछाने, घोराही-१२ का ५२ वर्षीय कुलराज वली, जुवाको खालबाट रोल्पा रुन्टीगढी गाउँपालिका ४३ वर्षीय रूपलाल बिक रहेका छन्।

त्यस्तै घोराही-१५ का ५७ वर्षीय महावीर वली, सोही ठाउँका ५२ वर्षीय चेतनाथ धिताल, ४६ वर्षीय सुवास धिताल, ४२ वर्षीय विकास खत्री, ४२ कै प्रमोद गौतम, घोराही-४ गोग्लीका ६२ वर्षीय श्रीधर अधिकारी, घोराही-५ का ५७ वर्षीय नबिन पछाँँई, घोराही-१९ का ५६ वर्षीय ईश्वर रायमाझी, घोराही-१४ का २५ वर्षीय यज्ञ खड्का, घोराही-१४ का २४ वर्षीय कमल घर्ती, घोराही-१६ का ३४ का रबी गिरी र घोराही-१८ का ४९ वर्षीय समिर लामा रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले जिल्लामा पछिल्लो समय जुवाविरुद्ध कारबाही तीव्र पार्दै लगेको छ। तुलसीपुर र घोराही क्षेत्रबाट प्रहरीले दिनहुँजसो जुवा खालहरुमा छापा हानेर जुवाडेहरू पक्राउ गर्दे आएको छ।

पक्राउ परेका विरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ को उपदफा ६ बमोजिम पहिलो पटकलाई ३ महिनासम्म कैद वा तिस हजार जरिवाना र दोस्रो पटकलाई १ वर्ष सम्म कैद र पचास हजार सम्म जरिवाना हुने कानुनी प्रावधान छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP