Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

सल्यानमा करिब पाँच हजार मेट्रिकटन खाद्यान्न मादक पदार्थ बनाउन प्रयोग

सल्यान : सल्यानमा करिब पाँच हजार मेट्रिकटन खाद्यान्न मादक पदार्थ बनाउन प्रयोग गरिएको पाइएको छ। कृषि विकास कार्यालय सल्यानका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ४ हजार ९३७ मेट्रिकटन खाद्यान्न मादक पदार्थ बनाउन प्रयोग भएको पाइएको हो।

कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतका अनुसार सल्यानमा वार्षिक ९८ हजार ७३९ मेट्रिकटन खाद्यान्न उत्पादन हुँदै आएको छ। सल्यानमा वार्षिक ५५ हजार ४९७ मेट्रिकटन खाद्यान्न आवश्यक पर्ने बस्नेतले बताए।

३ हजार ७४७ मेट्रिकटन खाद्यान्न बचत

सल्यान कर्णाली प्रदेशभरिको जिल्लामध्ये खाद्यान्नमा आत्मनिर्भर रहेको छ। यहाँ उत्पादित खाद्यान्नमध्ये ३ हजार ७४७ मेट्रिकटन बचत हुने गरेको सूचना अधिकारी बस्नेतले बताए।

सल्यानमा वार्षिक ७ हजार ८२ हेक्टरमा लगाइएको धान १६ हजार ८१६ मेट्रिकटन उत्पादन हुने गरेको कार्यालयको तथ्यांकमा छ। यस्तै, मकै १९ हजार ४० हेक्टरमा ५८ हजार ८७४ मेट्रिकटन, गहुँ १४ हजार २१७ हेक्टरमा २१ हजार ७७२ मेट्रिकटन, कोदो ६७८ हेक्टरमा १ हजार १० मेट्रिकटन र जौ ९९० हेक्टरमा २६४ मेट्रिकटन उत्पादन हुने गरेको छ।

जसमा बिउ, कुटानी पिसानीम हुने क्षति, प्रशोनधन गर्दा हुने क्षतिलाई घटाउँदा भएको परिणामलाई मात्र जोडिएको सूचना अधिकारी बस्नेतले बताए। भण्डारणमा लाग्ने रोग तथा किराबाट ४ हजार ९३९ मेट्रिकटन नष्ट हुने गरेको छ। मादक पदार्थ बनाउन ४ हजार ९३७ मेट्रिकटन, पशु आहारामा २९ हजार ६२१ प्रयोग हुँदै आएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP