Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

महिलालाई जबरजस्ती यौनधन्दामा लगाएको आरोपमा दुई जना पक्राउ

पर्वत : महिलालाई प्रलोभनमा पारी तथा डर त्रास समेत देखाई यौनधन्दामा लगाएको आरोपमा पोखराबाट दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार तनहुँको आबुखैरेनी गाउँपालिका–२ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–८ जाल्पारोडमा बस्दै आएका २६ वर्षीय अर्जुन पन्त र गोरखाको गण्डकी गाउँपालिका–७ घ्यालचोक घर भई हाल पोखरा महानगरपालिका–१४ चाउथेमा बस्दै आएका २४ वर्षीय विराज राना मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरूले पोखरा–८ जाल्पारोडमा रहेको संगिना खाजा घरमा महिलाहरूलाई यौनधन्दामा लगाउने गरेको प्रहरीले बताएको छ। यसबारे सूचना पाएपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले अर्जुन र विराजले एक महिलालाई मोटरसाइकलमा राखेर लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक हमालले जनाकारी दिए। ती महिलालाई भने आफन्तको जिम्मा लगाई पठाइएको छ।

होटेलका सञ्चालक समेत रहेका पन्त र आरोपी मगरलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको डिएसपी हमालले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP