Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

दुई साताअघि हराएकी किशोरी गोरखपुरमा फेला परिन्, पीआरसीले गरायो किशोरीलाई परिवारसँग पुनर्मिलन

चन्द्रौटा(कपिलवस्तु), २४ फागुन ।

दुई साताअघि घरबाट निस्किएकी एक किशोरी भारतको गोरखपुरमा फेला परिन् । गोरखपुरमा अलपत्र परेकी किशोरीलाई भारतीय प्रहरीले सम्पर्कमा लिई बालकल्याण गृहको जिम्मा लगाएको थियो ।

भारतस्थित नेपाली दुताबासको सहयोगमा कपिलवस्तुको कृष्णनगरस्थित शान्ति पुनस्र्थापना गृह (पीआरसी) ले किशोरीलाई नेपाल फर्काउन सफल भएको हो ।

शुक्रबार नेपाल फर्काइएकी किशोरीलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमार्फत परिवारसँग पुनर्मिलन गराएको पीआरसी क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिए । कपिलवस्तु नगरपालिका वडा न ८ निवासी १६ वर्षीय नाम परिवर्तन (अनिता) लाई बुवाको जिम्मा लगाएको भट्टराईले बताए ।

दुई सातापछि छोरी भेटिएसँगै परिवारमा खुशी छाएको छ । गत फागुन ९ गते शिवरात्रिका दिन मेला भर्न घरबाट हिँडेकी किशोरी सम्पर्क विहीन भएकी दिइन् । छोरी हराएपछि परिवारले प्रहरीसमक्ष खोजिदिन आग्रह गरेका थिए ।

खुनुवा नाका हुँदै भारत प्रवेश गरेको सूचनाका आधारमा भारतीय प्रहरीसँग समन्व्य गरी किशोरीलाई गोरखपुरमा फेला पार्न सफल भएको पीआरी क्षेत्रीय संयोजक भट्टराईले बताए । किशोरीलाई कसले किन लग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP