Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

मन्त्री चौधरी द्धारा शिसवा खानेपानी आयोजनाको शिलन्यास ।

दिपक के.सी.
कपिलवस्तु फागुन २४
कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं. ९ मा रहेको शिसवा खानेपानी आयोजनाको प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी द्धारा शिलन्यास भएको छ । शनिबार एक कार्यक्रमका विच मन्त्री चौधरीले खानेपानी ओभरहेड शिलन्यास गरेका हुन ।

खानेपानी आयोजनाको ओभरहेड टंकीको शिलान्यास गर्दै मन्त्री चौधरीले मानव स्वास्थका लागि शुद्ध खानेपानी आधारभूत आवश्यकता रहेकोले छिटो भन्दा छिटो निर्माणको काम सम्पन्न गरी नागरिकलाई स्वच्छ पानी पिलाउनु पर्ने बताए । तराईका जिल्ला मध्ये एक घर एक धाराको नारालाई पहिलो नम्बरमा कपिलवस्तुको महाराजगंज नगरपालिकाले पुरा गर्ने विश्वास उनले व्यक्त गरे । एउटै नगरपालिकामा एकै पटक ७ वटा खानेपानी आयोजना निर्माणको काम शुरु हुने स्थानिय तह पनि महाराजगंज नै रहेको उल्लेख गर्दै स्थानीय सहभागिता पनि राम्रो रहेको बताए ।

कार्यक्रममा बोल्दै मन्त्री चौधरीले प्रदेश सरकारले तराई मधेस विकासका लागि यस आर्थिक बर्षमा ठूलो बजेट विनियोजित गरेको बताए । तराईका सिमावर्ति सडक निर्माणको काम सुरु भए संगै यहाँको विकासले गति लिने उनले जनाए । स्थानिय तहले टोल वस्तीहरुमा पक्की सडक निर्माण गर्ने र प्रदेश सरकारले स्थानिय तह ,गाउँ जोड्ने सडक पक्की बनाउने बताए । महाराजगंजले लिएको किचड मुक्त गाउँ निर्माण कार्यक्रमको प्रशंसा गर्दै मन्त्री चौधरीले नगर प्रमुख अब्दुल कलामलाई इङ्गित गर्दै भने “गाउँका सडक तपाई बनाउनुहोस ,हामी एक गाउँदेखि अर्को गाउँ एक स्थानिय तह देखि अर्को स्थानिय तह सम्म जोड्ने सडक बनाउँछौं ” ।

कार्यक्रममा समाजिक विकास समितिका संयोजक दिर्घनारायण पाण्डेले सिङ्गो महाराजगंजको सर्वाङ्गिण विकास लागि सबैले हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गरे । नगर प्रमुख कलामले गाउँका साना सडकहरु स्थानिय तहले नै निर्माण गर्दै गरेको भए पनि सिमा संग जोडिएका सडक निर्माणमा प्रदेशले ध्यान दिनुपर्नेमा जोड दिएका थिए । साना बजेटले गाउँका सडक बन्दै गर्दा ठूला सडकहरु अलपत्र परेको जनाउदै ति सडक निर्माणमा प्रदेशले बजेट विनियोजित गर्नु पर्ने बताए । राजमार्ग र हुलाकी सम्म जोड्ने १० किमि भन्दा लामा सडक निर्माणका लागी स्थानिय तहको बजेटले नपुगेको जनाउदै कलामले यस क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका प्रदेश साँसदले सडकका लागी बजेट ल्याउन अनुरोध गरे । निर्माण हुन लागेको खानेपानी आयोजनाले करिब ५ सय घर परिवारले सफा र स्वच्छ पानी पिउन पाउने भएकाले आयोजनालाई समयमा नै सम्पन्न गर्न नगरबाट पूर्ण सहयोग रहने नगर प्रमुख कलामले बताए ।

सुरक्षित खाने पानी स्वास्थ जिन्दगानी भन्ने नारा सहित निर्माण हुन लागेको शिसवा खानेपानि आयोजनाको कुल लागत रु ४ करोड २९ लाख रहेको खानेपानी सरसफाई डिभिजन कार्यालय रुपन्देहिका इन्जिनियर तथा फिल्ड अफिसर तिलक न्यौपानेले बताए । जस मध्ये वाउन्ड्री, डिप बोरिङ्ग, शौचालय, भवन, पम्प हाउँस, ८ किमि पाइप लाइन विस्तार,भल्व च्याबर लगायत निर्माण गरिने उनले बताए । एक घर एक धारा अन्तर्गत यस आर्थिक बर्षमा १५ लाख बजेटमा ओभरहेड टंकी निर्माण हुने उनले बताए । मधेश खानेपानी सुधार आयोजना अन्तर्गत महाराजगंज नगरपालिकाको शंकरपुर बडेगाउँ, शिसवा, कजरहवा, हर्दौना, कुशहवा, भलवारी र उदयपुरमा खानेपानी आयोजना निर्माण काम सुरु भएको उनले बताए । कृपा कन्ट्रक्सन चितवनले निर्माणको जिम्मा लिएको र १५ महिनामा आयोजना सम्पन्न हुने उनले बताए ।

मन्त्री चौधरी सहितको टोलीले बुद्धभूमि नगरपालिकामा रहेको सुखनीया तालको समेत अवलोकन गरेको छ । बुद्धभूमि ,महाराजगंज र शिवराज नगरपालिकाका दक्षिण क्षेत्र सिचाइका लागि निकै उपयोगि रहेको सो ताल क्षेत्रमा अवलोकन गर्दै मन्त्री चौधरीले ताललाई सिचाईको रुपमा प्रयोग गर्न सके सिचाईको समस्या समाधान हुने बताए । करिब १०० विगाहामा फैलिएको तालमा जवाइ नहरबाट आउने पानीलाई अझ विस्तार गर्न प्रदेश सरकार लाग्ने बताए ।

शिसवा खानेपानी उपभोक्ता समितिका अध्यक्ष मो. समी मोहम्मद मुसलमानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी प्रमुख अथित्यता रहेको थियो । कार्याक्रममा प्रदेश सभा सदस्य, दिर्घनारायण पाण्डे, अर्जुन कुमार के.सी., रिना वि.क. भौतिक विकास मन्त्रालयका सचिव नूर मोहम्मद मुसलमान, भौतिक पूर्वाधार विकास खानेपानी महाशाखा प्रमुख धुब्र धिताल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP