Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

बलात्कारको आरोपमा कांग्रेस वडा सभापतिसहित २ जनालाई कैद सजाय

काठमाण्डाै – अछाम जिल्ला अदालतले छुट्टाछुट्टै बलात्कारका आरोपी २ जनाविरुद्ध कैद सजाय र क्षतिपूर्तिको फैसला सुनाएको छ ।

गएको साउनमा एक महिलालाई बलात्कार गरेको आरोपमा पञ्चदेवल  विनायक नगरपालिका वडा नम्बर ६ तोलीका ४० वर्षीय मोहनबहादुर रावललाई ७ वर्ष ६ महिना कैद सजाय अदालतले सुनाएको हो ।

फौसलाअनुसार रावलले दुई लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति पीडित महिलालाई दिनुपर्ने अदालतका श्रेस्तेदार प्रेम प्रकाश थापाले जानकारी दिनुभयो । रावल नेपाली कांग्रेसको वडा सभापति हुन् ।

पीडित महिलाका श्रीमान् भारतमा रहेको अवस्थामा उनीमाथि बलात्कार भएको जनाइएको छ । यस्तै,१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा साँफेबगर नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय हिरण्डबहादुर कुँवरलाई ९ वर्ष कैद सजाय सुनाइएको छ ।

साथै कुँवरले पीडित बालिकालाई १० हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसलामा उल्लेख छ ।

गएको भदौमा बालिकालाई बलात्कार गरेको भन्दै पीडितकी आमाले किटानी जाहेरीसहित प्रहरीमा उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP