Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कृष्णनगर नाकामा कोभिड-१९ (नोभल कोरना भाईरस) को सहायता कक्ष स्थापना

अजय मिश्र, कृष्णनगर। फाल्गुन २४

फाल्गुन २३ गते देखि सशस्त्र प्रहरी बल नेपाल नं. ३९ गुल्म गुल्म हे.क्वा. (रा.तथा भ.ग.सु.)कपिलबस्तुबाट बिशेष गरी भारतबाट नेपालतर्फ आउने तथा स्थानिय बजारबाट आवत-जावत गर्ने सर्वसाधारण जनताहरुको लागि कोभिड-१९ (नोभल कोरना भाईरस) बारे जानकारी गराउन र त्यसबाट बच्ने उपायबारे जानकारी गराउने उद्देश्यले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका २ स्थित लिङ्कगेट र यात्रु गेट सीमा नाकामा सहायता कक्ष (HELP DESK) साथै जनचेतनाको लागि कोभिड-१९ संग सम्बन्धि व्यानर सहित टाँस गरी कार्य संचालन गरेको छ।

मिति २०७६।११।२२ गते पनि सचेतना कार्यक्रम अन्तर्गत कृष्णनगर नगरपालिकाको वडा नं. १ को कार्यालयमा स्थानिय जनता, बिभिन्न संघसंस्थाको कर्मचारी, व्यापारी, शिक्षक तथा सवाजसेवीहरुको समेत सहभागितामा कोरोना भाईरस सम्बन्धि सचेतना कार्यक्रम संचालन गरिएको थियो । यस कार्यक्रम सशस्त्र प्रहरी बल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको योजना अन्तर्गत कृष्णनगर नगरपालिकाको बिशेष सक्रियतामा सशस्त्र प्रहरी बल नं. ३९ गुल्म हे.क्वा (रा.तथा भ.ग.सु.) कपिलबस्तुले संचालन गरेको छ ।

उक्त सहायता कक्ष (HELP DESK) मा नगरपालिकाबाट तालिम प्राप्त स्वास्थ्य कर्मी परिचालन गरी चेकजाँच गर्ने गरिएको र कुनै पनि शंका देखिएको अवस्थामा समेत शिवराज अस्पताल बहादुरगंजमा पठाईने गरेको जानकारी स.प्र.ना.उ. सुशिल कुमार शाहीले जानकारी दिनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP