Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

सल्यान बस दुर्घटना अपडेट : ८ घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट नेपालगञ्ज पठाइयो

सल्यान : आइतबार बिहान भएको बस दुर्घटनामा सिकिस्तमध्ये ८ जनालाई उपचारका लागि हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको छ।

२८ घाइतेमध्ये सिकिस्त ८ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

हेलिकप्टरबाट नेपालगञ्ज पठाइएकाहरू

हेलिकप्टरमा नेपालगञ्ज पठाइएका घाइतेमा तुलसीपुर उपमहानगरपालिका-११ की ७ वर्षीया करिना खड्का, सल्यान छत्रेश्वरी गाउँपालिकाका २५ वर्षीय खिमराज ओली, दाङ दंगिशरण गाउँपालिकाकी ३२ वर्षीया द्वारिका खड्का, सोही ठाउँकी २२ वर्षीया विन्दु भडेल, प्युठान बागदुलाकी ५२ वर्षीया राधा पण्डित, सल्यान कुमाख गाउँपालिका–७ की २५ वर्षीया निरुता डिसी, उनको १६ वर्षीया छोरी विना विष्ट, छत्रेश्वरी गाउँपानलिका–६ का ४० वर्षीय धननाथ योगी छन्।

घाइते भएकाहरू

यसैगरी अन्य घाइते सल्यान शारदा नगरपालिका–८ की ५० वर्षीया मनकुमारी ओली, जिल्लाको राङसी बस्ने २५ वर्षीया अनिता डाँगी, उनका ३ वर्षीय छोरा आयुस डाँगी, दाङ घोराही उपमहानगरपालिका-१५ बस्ने ५० वर्षीय प्रमोद गौतम, दाङ तुलसीपुर उपमहानगरपालिका-९ की ३८ वर्षीया विमला घर्ती, सोही ठाउँ बस्ने २८ वर्षीया अमृता भडेल, उनकी १० वर्षीया छोरी जेनिशा भडेल, ७ वर्षीय छोरा जेदान भडेल छन्।

घाइतेमा सल्यान छत्रेश्वरी गाउँपालिका-३ को २९ वर्षीय खिमबहादुर डाँगी, दाङ तुलसीपुर उपमहानगरपालिका-११ बस्ने ४६ वर्षीया देविका योगी पनि छन्।

यस्तै तुलसीपुर उपमहानगरपालिका-२ बिजौरीकी २१ वर्षीया रुपमिना घर्ती, सल्यान शारदा नगरपालिका-५ बस्ने ५५ वर्षीया बेलि विष्ट, उनको अन्दाजी ३ वर्षीया छोरी रोजी घर्ती, सोही ठाउँका २१ वर्षीय भुवन डाँगी, छत्रेश्वरी गाउँपालिका–६ का २० वर्षीय भीषण डाँगी, शारदा नगरपालिका-२ का ४६ वर्षीया टोपेन्द्र ओली, सोही ठाउँका २६ वर्षीय रबिन खान, उनकी पत्नी २५ वर्षीया सिमरन खान, त्रिवेणी गाउँपालिका–६ का २१ वर्षीय पोषण डाँगी, दाङ हंसपुरकी तिला ओली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिए।

अन्य घाइतेको दाङ र सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

आइतबार सल्यान खलंगाबाट दाङ तुलसीपुरका जाँदै गरेको रा १ ख २५५२ न बस सल्यान कपुरकोट गाउँपालिका–५ खारखोलामा दुर्घटना भएको थियो।

१२ जनाको मृत्यु

दुर्घटनामा १२ जनाको मृत्यु भएको छ। मृत्यु भएका १२ मध्ये अहिलेसम्म ९ जनाको मात्र सनाखत भएको प्रहरी प्रमुख थापाले बताए।

मृत्यु हुनेमा शारदा नगरपालिका–१२ हाल दाङको तुलसीपुर उपमहानगरपालिका-६ बस्ने ५३ वर्षकी प्रभा चलाउने, शारदा नगरपालिका–२ कि ६१ वर्षीया मिना डाँगी, सल्यान शारदा नगरपालिका–३ की ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी गाउँपालिका–१ काभ्रा की २४ वर्षीया मिना शाही, दाङको बबई गाउँपालिका–४ की ६० वर्षीया डुलि रेउले छन्।

यसैगरी दुर्घटनामा दाङ बबई गाउँपालिका–६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घोराही उपमहानगरपालिका नारायनपुरकी–६५ वर्षीया ईन्द्रा अधिकारी सल्यानको छत्रेश्वरी गाउँपालिका–२ का २९ वर्षीय तिलक ओली र  दाङ शान्तिनगर गाउँपालिका–८ की ३५ वर्षीया सावित्रा केसी रहेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP