Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

प्रहरीको जुवा नियन्त्रण अभियान : कैलाली–कञ्चनपुरबाट १४४ पक्राउ, साढे १७ लाख बरामद

धनगढी : कञ्चनपुरबाट नेपाल प्रहरीले दशैँतिहारको बेला मात्रै एक सय ४४ जना जुवाडे पक्राउ गरेको जनाएको छ।

जुवातास नियन्त्रण अभियान सञ्चालन गरेको प्रहरीले साढे १७ लाख बढी रकम समेत बरामद गरेको बताएको छ। कैलाली प्रहरीले तिहारको समयमा जुवातास खेल्ने र खेलाउने ४९ जनालाई पक्राउ गरेको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका, बर्दगोरिया, लम्कीचुहा र गोदावरी नगरपालिकाबाट विभिन्न मितिमा कैलाली प्रहरीले जुवाडे पक्राउ गरेको हो।

कैलाली प्रहरीले जुवाडेहरूबाट ३ लाख ७७ हजार ६ सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता, प्रहरी निरीक्षक लोकेन्द्रसिंहले बताए।

‘हामीले सादा पोसाकका प्रहरी खटाएर जुवातास खेलिने सम्भावित ठाउँ पहिचान गर्ने गरेका छौँ’ उनले भने, जुवातास खेल्नेहरूलाई कैलाली प्रहरीले मुद्दा चलाएको छ।’
उता कञ्चनपुर प्रहरीले चालु आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानबाट जुवातास खेल्ने ९५ जनालाई पक्राउ गरेको छ। ४ महिनामा कञ्चनपुर प्रहरीले जुवाडेहरूबाट ८ लाख १४ हजार ५ सय १० नगद र ६ लाखको चेक बरामद गरेको छ।

जिल्लामा जुवातास नियन्त्रण गर्न प्रहरीले विशेष अभियान चलाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए। ‘कञ्चनपुर प्रहरीले जुवातास नियन्त्रण अभियान चलाएको छ। विभिन्न समयमा प्रहरीले पक्राउ गरेका ११ जनालाई मुद्दा चलाएको छ’ उनले भने।

यसरी सुदूरपश्चिम प्रदेशको तराइका जिल्लाबाट प्रहरीले कूल १७ लाख ९२ हजार १ सय २ रुपैयाँ बरामद गरेको छ। कैलाली र कञ्चनपुरमा प्रहरीले जुवातास नियन्त्रणका लागि अभियान नै सञ्चालन गरेको दाबी गरेको छ।

जुवातासले घरबारबिहीन बनाउने र परिवार तथा समाज नै पीडित हुने भन्दै प्रहरीले अभियान सञ्चालन गर्नुपरेको बताएको छ। पक्राउ परेका जुवाडेहरूलाई जुवा ऐन अनुसार कारबाहीसमेत गरिने प्रहरीको दाबी छ।

जुवातासको लतमा परे सामाजिक र आर्थिक रुपले व्यक्ति तथा उसको परिवारले क्षति व्यहोर्नुपर्ने हुँदा जुवातासबाट टाढै रहनुपर्ने प्रहरी सुझाव छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP