Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

सकियो आठ दिने आधारभूत पत्रकारिता तालिम

कपिलवस्तु, २४ फाल्गुण ।

कपिलवस्तुको विजयनगरमा सञ्चालित आठ दिने आधारभूत पत्रकारिता तालिम शनिबार सकिएको छ । फाल्गुण १७ गते देखि गाउँपालिकाको खडैचामा सञ्चालित रेडियो उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम सकिएको हो ।

तालिम समापनमा बोल्दै विजयनगर गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले समाज अझै पनि मिडियाबाट विमुख रहेको बताउँदै गाउँपालिकाका हरेक वडामा सञ्चारकर्मीको खाँचो रहेको बताउनुभयो । गाउँपालिकाले सञ्चारकर्मी उत्पादनमा आवश्यक सहयोग गर्ने बताउँदै उहाँले यो तालिमले धेरै सञ्चारकर्मी उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले पछिल्लो समय सामाजिक सञ्जालका कारण पत्रकारिता पेशामा विश्वसनियतामा कमी आएको उल्लेख गर्दै सञ्चारकर्मीले सत्य, तथ्य र सन्तुलिन ढंगबाट समाचार पस्कनुपर्नेमा जोड दिनुभयो । पत्रकारिता बौद्धिक जमातले गर्ने पेशा रहेको भन्दै यसमा अध्ययन, खोज र अनुसन्धान जरुरी रहेको बताउनुभयो ।

अझै पनि खोज पत्रकारिता समाजमा आवश्यक रहेको भन्दै त्यता तिर ध्यान दिन उहाँले आग्रह गर्नुभयो । गाउँपालिका मिडियामैत्री रहेको भन्दै आगामी दिनमा दक्ष सञ्चारकर्मी उत्पादनमा आफ्नो तर्फबाट सहयोग रहने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गाउँपालिका भित्रका ३५ जना सहभागी रहेको तालिम समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव हरि अधिकारी र मायादेवी रेडियो र अनलाइनका सम्पादक दिपक अनुरागी लगायतले बोल्दै तालिम लिने मात्र नभई व्यक्तिगत जीवनमा उपयोग गर्न आग्रह गर्नुभयो ।
८ दिने तालिममा रेडियो पत्रकारिता, मञ्चिय उद्घोषण, समाचार लेखन लगायतका विषयबस्तु बारे जानकारी गराईको थियो ।

रेडियोका अध्यक्ष रामप्रघट कोरीले गाउँपालिका भित्र दक्ष सञ्चारकर्मी उत्पादन गर्ने अभिप्रायले तालिमको आयोजना गरिएको बताउनुभयो । गाउँपालिका भित्र सामुदायिक रेडियो प्रशारण गरेर सञ्चारको पहुँचमा गाउँपालिकाबासीलाई जोडेको भन्दै अब दक्ष सञ्चारकर्मी उत्पादन गरेर समुदायको आवाज बोल्ने रेडियोको रुपमा विजयनगरलाई लैजान खोजेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP