काठमाडौं : चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई कोरोनाविरुद्धको तीन लाख मात्रा खोप सहयोग गरेको छ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार उक्त खोप प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी छन्। खोपसँगै चीनले १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटर पनि सहयोग गरेको नेपाली सेनाले जनाएको छ।
प्रधानसेनापति शर्माले सहयोगको लागि चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद दिए। यस किसिमको सहयोगले दुई देशबीचका सेनाको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको सेनाले जनाएको छ।
‘यस किसिमको सहयोगबाट नेपाली सेनाका सकलदर्जा एवं प्राथमिकताका आधारमा हिताधिकारीहरु समेत लाभान्वित हुने र यसबाट महामारी विरुद्धको लडाइमा नेपाली सेना थप प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने तथा दुई देशका सेनाबीच रहेको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको छ,’ सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया