Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

नारी दिवसको सन्दर्भः मदरसा विद्यार्थी र सरोकारवालालाई कोरोनाबारे सचेतीकरण

कृष्णनगर (कपिलवस्तु),

२५ फागुन ।

नेपालकै जेठो मदरसा कपिलवस्तुको कृष्णनगर नगरपालिकाको झण्डानगरस्थित जामिया सिराजुल उलूम अल–सल्फिया सभाहलमा कोरोना भाइरसबारे सचेतनामूलक कार्यक्रम गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मदरसाका विद्यार्थी र सरोकारवालालाई कोरोना भाइरसबारे सचेतीकरण गरिएको हो ।

कोरोनाको सन्त्रास फैलिएसँगै आफू पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने उद्देश्यका साथ मदरसामा अध्ययनरत विद्यार्थी, शिक्षक र समाजसेवीलाई कोरोनाको लक्षण र बच्ने उपायबारे सचेतीकरण गरिएको जामिया सिराजुल उलूमका प्रवक्ता एवं मदरसा बोर्ड ५ नं. प्रदेश उपाध्यक्ष मौलाना मशहूद खाँ ‘नेपाली’ले जानकारी दिए । बिश्वभरीमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न सरसफाईमा पहिलो प्राथमिकता दिनुपर्ने जामिया सिराजुल उलूमका अध्यक्ष समीम अहमद नदवीले बताए ।

साउदी अरबले बिभिन्न देशबाट आउने उमरा यात्रीलाई इतिहासकै पहिलो पटक रोक लगाएको नदवीले अवगत गराए । त्यसकारण पनि यसबाट संयमता अपनाउनुपर्ने उनले जोड दिए । कार्यक्रममा कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रराम चौधरीले कोरोना भाइरसबाट बच्न आफैंले सावधानी अपनाउनुपर्ने सुझाव दिए ।

यस्तै कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं३९गुल्म हेक्वा कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील शाही, नेकपा का ५नं प्रदेश समिति सदस्य मिर्जा अरसद बेग, ईप्रका कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक प्रताप पौडेल, मौलाना अजीम मदनी, वडा नं२ अध्यक्ष संजय गुप्ता, राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय उपाध्यक्ष शैख जैस मक्की समेतले यसबाट पूर्व सतर्कता अपनाउनुपर्ने सल्लाह दिएका थिए ।

हरेक वर्ष अप्रैल महिनामा मदरसामा हर्सोल्लासका साथ मनाउँदै आएको वार्षिकोत्सव पनि कोरोना भाइरसकै कारण स्थगित गरिएको मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां ‘नेपाली’ले जानकारी दिए । हरेक गाउँ टोलका जनमानसमा यसबारे सचेतना फैलाउनुपर्ने आवश्यकता रहेको उनले जिकिर गरे । अन्तर्राष्ट्रिय नारी दिवस बारे चर्चा गर्दै राष्ट्रिय मदरसा संघका अध्यक्ष डा. अब्दुल गनी अलकूफीले कोरोना भाइरसबारे समेत थप प्रकाश पारेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP