Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

राष्ट्रिय स्वाधिनताको विषयमा मलाई फसाउन खोजियो ः पूर्व सभामुख महरा

माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा,२८ फागुन
पूर्व सभामुख कृष्णबहादुर महराले राष्ट्रिय स्वाधिनताको विषयलाई लिएर आफुलाई फसाउन खोजिएको बताउनुभयो । गृह जिल्ला दाङ पुगेर फर्कर्ने क्रममा कपिलवस्तुको शिवराज नगरपालिका ९ रमुवादहमा कार्यक्रता सगँको भेटमा महराले अदालतले सफाई दिएकोले यसको श्रेय आमनागरिकमा जाने बताउनुभयो । दाङ रोल्पाका सबै ठाउँमा पुगेको बताउदै कपिलवस्तुको शिवगढीवासीहरु सँग २८ वर्ष पछी पहिलो पटक भेट हुदाँ खुसी भएको बताउनुभयो ।

रमुवादहका स्थानियहरुले महरा र उहाँकी धर्मपत्नीलाई माला लगाएर स्वागत गरेका थिए ।
निर्वाचन क्षेत्र तथा अन्य स्थानका आम नागरिकहरुले अपार माया पाएको बताउँदै जनताको हित विपरत कुनै कदम नचाल्ने प्रतिबद्धता जनाउनुभयो । “मलाई राष्ट्रिय स्वाधिनताको विषयलाई लिएर नियतबस फसाउन खोजिएको हो ”उहाँले भन्नुभयो “म माथि झुटो आरोप लगाइयो, ।” उच्च अदालतले निर्दोष सावित गरेपछि आफ्नो घर परिवार र आफन्तजन संगको भेटघाटमा व्यस्त रहेनुभएका महरा शिवराज ९ शिवगढीमा आफ्नो फुफु फुपाजुसँग भेटघाट गर्नुभएको छ । लामो समयदेखी शिवगढी आउन ईच्छा रहेको भएपनि कार्यव्यस्तताले आउन

नपाएको जनाउदै लामो समय पछि आउँदा पनि जनताले गरेको माया प्रति आफु कृतज्ञ भएको बताउनुभयो । रोल्पा, प्यूठान बाट बसाईसराई गरी आएकाहरुको बाहुल्यता भएको शिवगढीमा विकास निर्माणमा आफुले विशेष ध्यान दिने उहाँले बताउनुभयो । शिक्षा स्वास्थ्य रोजगार लगाएतका विषयमा विकास गर्न आवश्यक रहेकोले विकासमा फड्को मार्नुपर्ने बताउनुभयो ।
तिन महिना सम्म आफु जेलमा रहँदा दश हजार जना भेट्न आएको बताउनुभयो । जेलमा रहँदा धेरै जन सर्मथन पाएको भन्दै राजनितिक विषयलाई लिएर आफुलाई फसाउन शक्ति लागेको बताउनुभयो । पूर्व सभामुख महरालाई नेकपा प्रदेश सदस्य बालकराम बुढा मगर, नेकपा शिवराज नगरकमिटी अध्यक्ष दिनेश पुन ,जिल्ला सचिवालय सदस्य मिना परियार, वडा नं. ९ का वडा अध्यक्ष चुर बहादुर खड्का लगायत नेकपाका नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP