Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कार्बन उत्सर्जन शून्यमा झार्ने नेपालको प्रतिबद्धता कार्यान्वयन गर्न बेलायतले सहयोग गर्ने

काठमाण्डाै – नेपालले सन् २०२२ देखि २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ।

पर्वतीय दिवसको अवसरमा बेलायती दूतावास काठमाण्डौ, राष्ट्रिय योजना आयोग र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास कार्यक्रम (इसिमोड) ले हिजो स्कटल्यान्डकाे ग्लास्गो र ललितपुरमा एकैसाथ गरेको कार्यक्रममा नेपालले यस्ताे प्रतिबद्धता जनाएकाे हाे । 

हिजो ग्लास्गोमा भएको कार्यक्रममा वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले जलवायु परिवर्तनको जोखिममा रहेका समूदायलाई सुरक्षित राख्न समेत सन् २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शून्यमा झार्ने प्रतिबद्धता जनाउनु भएकाे हाे । 

नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले नेपालकाे प्रतिबद्धता कार्यान्वयनमा बेलायतले सहयाेग गर्ने बताउनु भएकाे छ । 

उहाँले भन्नुभयो, ‘नेपालको प्रतिबद्धता चुनौतीपूर्ण र महत्वाकाङ्क्षी रहे पनि यसबाट बेलायत खुशी भएको छ। तथापि यसको कार्यान्वयनका लागि धेरै लगानी चाहिन्छ जुन नेपालका लागि मुख्य चुनौती हो ।’

साथै मन्त्री यादवले अहिले भइरहेकाे वन विनाशलाई राेकेर सन् २०३० भित्रमा वनजङ्गलकाे क्षेत्रफल ४५ प्रतिशत पुर्याउने लक्ष्य राखेकाे बताउनु भएकाे छ । 

स्कटल्यान्डकाे ग्लास्गोमा भइरहेको जलवायु परिवर्तन सम्बन्धी २६औंँ विश्व सम्मेलनमा जलवायु परिवर्तनको असरविरुद्ध लड्न बेलायत सरकारले १२ अरब ६० करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगको प्रतिबद्धता जनाएको छ ।

सम्झौताअनुसार त्यो रकमबाट त्यसबाट नेपालले पनि लाभ पाउनेछ । साथै बेलायत सरकारले दक्षिण एसियाली देशका लागि मात्र ३६ करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोग प्रतिबद्धता घोषणा गरेको छ । यसैगरी अरु रकम पनि नेपालमा आउँछ ।  

बेलायतले नेपाललाई जलवायु परिवर्तनविरुद्व काम गर्नका लागि यसअघि सन् २०१५ मा नै ५० करोड अमेरिकी डलर सहयोगको प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP