Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

अर्घाखाँचीकाे छत्रदेव गाउँपालिकामा मास्क उत्पादन सुरु

अर्घाखाँची – अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले मास्क उत्पादन सुरु गरेको  छ ।

बजारमा मास्क पाइन छाडेपछि पालिकाले  उच्च सतर्कता अपनाउँदै स्थानीय टेलर व्यावसायीहरु मार्फत उत्पादन सुरु गरेको पालिका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिनुभयाे । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि सङ्क्रमण फैलिने सम्भावना देखिएपछि सबै वडाका स्थानीयलाई वितरण गर्न सकिने गरी तीस हजारभन्दा बढी मास्क उत्पादन गर्ने काम भैरहेको उहाँले बताउनुभयाे।

‘छिमेकी राष्ट्र चीनसहित धेरै देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । नेपालमा पनी यस्को जोखिम छ, यसको फाइदा उठाउँदै कतिले कालोबजारी गरिरहेका छन्, हाम्रो पालिकाले आफैँ मास्क उत्पादन गरिरहेको छ’, उहाँले भन्नुभयाे ।

पालिकाका सबै कर्मचारीहरुलाई मास्क वितरण गरिसकिएको र सबै वडा कार्यालय मार्फत स्थानीयलाई वितरण गर्न सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनुभयाे ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै पालिकाले आफैँ मास्क उत्पादनमा जोड दिएको र बजार भाउभन्दा सस्तो दरमा आफूहरुले मास्क उत्पादन गरेर वितरण गरेकाे उहाँको भनाइ छ  ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP