Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

दैलेखमा आफैँले बाेकेकाे भरुवा बन्दुक पड्किँदा एक जना घाइते

दैलेख – जंगलमा शिकार खेल्न आफैँले बाेकेर गएकाे भरुवा बन्दुक पड्किँदा एक जना घाइते भएका छन् । नौमूले गाउँपालिका–२ निरगाका २८ वर्षीय बिर्षबहादुर शाही आफैँले बोकेको बन्दुक पड्केर घाइते भएका  हुन् ।

प्रहरीकाे शंका

दाहिने हातको हत्केला छेडेर दाहिने खुट्टाको साप्रामा गोली लागेकोले आफैँले बोकेको बन्दुक पड्किएको भन्नेमा शंका पैदा भएकोले थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताउनुभयो ।

निरगाबाट झण्डै ४ घण्टाको पैदल दूरीमा रहेको चुकेढाण भन्ने जंगलमा गोली लागेलगतै अपरान्ह दैलेख जिल्ला अस्पतालमा पुर्‍याइएका शाहीलाई प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत पठाइएको डा. जगत थापाले जानकारी दिनुभयो ।

घाइतेको जीउमै गोली रहेकोले गोली निकाल्न र हत्केलाको हड्डी छियाछिया भएको कारण ‘अर्थोपेडिक मेनेज्मेण्ट’का लागि घाइतेलाई सुर्खेत पठाइएको डा. थापाले बताउनुभयो । एक्स–रे गरेर हेर्दा साँप्रामा गोली अड्किएको र हत्केलाका हड्डीहरु छियाछिया भएको देखिएको उहाँले जानकारी दिनुभयो ।

जीप रिजर्भ गरेर घाइतेलाई उपचारका लागि दैलेख अस्पताल ल्याएका आफन्त समेत भागेको कारण प्रहरीले घटनालाई शंकास्पद भनेको छ । स्थानीयका अनुसार बिर्षबहादुरलाई गोली लाग्दा त्यहाँ ६ जना सिकारी थिए ।

अनुमति नलिइएको भरुवा बन्दुकबाट गोली लागेको कारण यो घटनालाई गाउलेहरुले लुकाउन खोजेको बुझिएको छ । दैलेखका केही गाउँमा अनुमति नलिइएको भरुवा बन्दुकले सिकार खेल्दा र स-साना विवादमा गोली चल्दा पटक पटक मानिसहरुको ज्यान जानेसम्मका घटनाहरु हुने गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP