Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

पाल्पामा गाउँपालिकाबाट आएको ‘बाटाे खर्च’ पत्रकारद्वारा फिर्ता

पाल्पा – पाल्पाको रिब्दीकोट गाउँपालिकाले बिनाकाम आफूलाई पैसा पठाएको भन्दै पत्रकार सुनिल कार्कीले हुलाक मार्फत गाउँपालिकामै फिर्ता पठाउनुभएको छ ।

जिल्ला हुलाकमार्फत पत्रमा पैसा पठाएको भन्दै कार्कीले सामाजिक सञ्जालमा राखेपछि राम्रो काम गरेको भन्दै दर्जनौँ प्रतिकृया आएका छन् । सामाजिक सञ्जालमा उहाँले ‘एक पत्रकार मित्रसँग मलाई पठाएको एक हजार के कति कारणले पठाएको हो, स्रोत नखुलेको कारण ग्रहण गर्न असमर्थ छु’ भन्ने स्टाटस राख्नुभएकाे थियाे ।

आर्थिक सुशासन र पारदर्शितालाई आत्मसात गर्ने नारा बोकेको गाउँपालिकाले हचुवाको भरमा यसरी आर्थिक दुरुपयोग गर्न ठिक नभएको कार्कीको भनाइ छ ।
कार्कीसँगै रिपोर्टिङका लागि स्थानीय गाउँमा पुगेका अर्का पत्रकारका अनुसार पत्रकार आएको थाहा पाएपछि गाउँपालिकाको अर्को कार्यक्रम रहेको भन्दै सहभागी हुन प्रमुख प्रशासकीय अधिकृतले आग्रह गरेका तर आफूहरु अर्के कामका लागि आएको भनेपछि बाटोमै हस्ताक्षर गराएर पैसा दिएका हुन् ।

‘पत्रकारलाई कार्यक्रममा बोलाएपछि आउने जाने बाटो खर्च र खाजा खर्च दिने चलन अनुसार नै दिएका हौँ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्जेलले भन्नुभयो, ‘किन फिर्ता गर्नुभएछ, सायद अरु कुनै कारणले होला कि ?’

मनलाग्दी भुक्तानी 

अघिल्लाे आर्थिक वर्षमा रिब्दीकोट गाउँपालिकाले सञ्चारगृहलाई भुक्तानी गरेको रेकर्ड हेर्दा बिनामापडण्ड पैसा दिएको देखिएको छ । एउटै संस्थालाई पटक पटक सूचना र कार्यक्रम बापत रकम दिएको गाउँपालिकाले छिमेकी रुपन्देही र काठमाण्डौका संचारगृहलाई समेत रकम दिएकाे पाइएकाे छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP