Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

बर्दियाका बाढी प्रभावित क्षेत्रमा कोभिड खोपको प्राथमिकता

बर्दिया : बर्दियाका बाढी प्रभावित राजापुर र गेरुवा गाउँपालिकामा १८ वर्षमाथिका सबैलाई सोमबारदेखि कोभिडविरुद्धको खोप लगाउन सुरु गरिएको छ।

बाढी प्रभावित दुई पालिकामा १८ वर्षदेखि ४४ वर्ष उमेरसम्मका सबैलाई भेरोसेल खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए।

सरकारले उपलब्ध गराएको कोभिडविरुद्धको खोप राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा लगाउन सुरु गरिएको हो।

स्थानीय बासिन्दाले खोप लगाउन पाउँदा खुसी भएको बताएका छन्। १८ वर्षमाथिका उमेर समूहलाई भेरोसेल खोपको पहिलो मात्रा राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा बाढी प्रभावितलाई मद्देनजर गर्दै प्राथमिकता दिएर लगाउन शुरु गरिएको गिरीले बताए।

राजापुर नगरपालिकाका २५ हजार ९ सय ७ जना र गेरुवा गाउँपालिकाका १३ हजार ९ सय ३२ जना गरी ३९ हजार ८ सय ३९ जनालाई लगाइने स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गिरीले बताए।

बर्दियामा बाँकी रहेका ठाकुरबाबा नगरपालिका, बाँसगढी नगरपालिका, मधुवन नगरपालिका, गुलरिया नगरपालिका, बारबर्दिया नगरपालिका र बढैयाताल गाउँपालिका गरी ६ वटा पालिकामा मंसिर ६ गतेदेखि १८ वर्षमाथिका सबैलाई खोपको पहिलो मात्रा लगाउने तयारी गरिएको समेत उनले बताए।

बर्दियाका ८ वटै पालिकामा १८ वर्षमाथिका झण्डै १ लाख २० हजारजनालाई १० दिनभित्र खोप लगाइसक्ने स्वास्थ्य कार्यालय बर्दियाका कृष्णगोपाल चौधरीले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP