Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

ऐतिहासिक कात्तिक नाचको आज मुख्य दिन, नृसिंह अवतारको नाच देखाइने

काठमाण्डाै – ललितपुरमा जारी ऐतिहासिक कात्तिक नाचको मुख्य आर्कषण नृसिहं अवतारको नाच देखाएर आज सकिँदैछ । आज बेलुकी ७ बजेपछि मंगलबजारको कात्तिक दबलीमा नृसिंह अवतारको नाच प्रदर्शन गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताउनु भयो ।

आजको नाचमा नारायणको अवतार नृसिंहले हिरण्यकशिपुलाई बध गरेको पौराणिक कथा प्रस्तुत गरिनेछ । नाचमा नृसिंह भएर राजोपाध्याय समुदायको कलाकारले खेल्ने गर्दछन् भनेर हिरयण्कशिपु भएर चित्रकार समुदायको कलाकारले खेल्ने चलन छ । यो नाच तान्त्रिक शक्तिमा आधारित नाच भएकोले नाचमा खेल्ने कलाकारहरुले  भोकै बस्नु पर्ने लगायतका नियम पालना गर्नु पर्ने चित्रकारले बताउनु भयो ।

नाचमा हिरण्यकशिपु भएर खेल्ने कलाकारलाई नृसिहंले काखमा राखेर नङ्गले कोपरेर बध गरेपछि तलेजुका पुजारीले जल अभिषेक गरेर ब्युँताउने परम्परा छ । तान्त्रिक नाच भएकोले आजका दिन मंगलबजारमा नाच हेर्न आउने दर्शकहरुको भीड हुने गर्दछ । यसपाली ८ दिन मात्र सञ्चालन गर्ने गरी गएको कात्तिक २४ गतेदेखि शुरु भएको कात्तिक नाच आज नृसिहं अवतारको नाचसँगै सकिनेछ ।

हिजो बराह अवतारको नाच देखाइएको थियो ।  नेपालको इतिहासमा सबैभन्दा  लामो समयदेखि निरन्तर रुपमा सञ्चालन भएको यो नाच नेपाल सम्वत् ७६१ मा राजा सिद्धिनरसिंह मल्लले शुरु गर्नु भएको हो । यस वर्ष यो नाच सञ्चालन भएको तीन सय ८१ वर्ष लागेको छ ।   
 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP