Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

‘नेपाल मिडिया अवार्ड २०७८’ आयोजना हुँदै

काठमाडौं : ड्रिम हाई नेपाल प्रालिको आयोजनामा ‘नेपाल मिडिया अवार्ड २०७८’ हुने भएको छ। बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त अवार्ड कार्यक्रमको घोषणा गरिएको हो।

अग्रजलाई सम्मान तथा अनुजलाई प्रोत्साहन भन्ने नाराका साथ आयोजना हुन लागेको अवार्ड कार्यक्रममा नेपाल पत्रकार महासंघको सहकार्य रहनेछ।

रेडियो, टेलिभिजन, छापा तथा अनलाइन गरेर २५ भन्दा बढी विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ। जसको लागि एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार मानिने पनि आयोजकले जनाएका छन्।

राजधानी केन्द्रित नभएर सातै प्रदेश र महासङ्घ अन्तर्गतका एसोसिएट र प्रतिष्ठान प्रदेश अन्तर्गतका पत्रकारलाई समेत अवार्डमा सहभागी गराइने बताइएको छ।

नेपालमा हुने सबै अवार्ड कार्यक्रमहरू विवादित हुने हुनाले आयोजक त्यसमा सतर्क हुनुपर्ने र अवार्डका लागि योग्य व्यक्तिले नै अवार्ड पाउनुपर्ने पत्रकार महासंघका सचिव तथा सञ्चारकर्मी पवन आचार्यले बताए।

कार्यक्रममा बोल्दै ड्रिम हाइ नेपालका अध्यक्ष कमल जिसीले यो अवार्ड कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य लामो समयदेखि यस क्षेत्रमा योगदान पुर्याउँदै आएका पत्रकारलाई सम्मान तथा यस क्षेत्रमा भविष्य खोज्दै गरेका नयाँ अनुहारलाई प्रोत्साहन गर्नु रहेको बताए। साथै कुनै आग्रह या पूर्वाग्रह नराखी सबैको उचित मुल्यांकन गरी अवार्ड प्रदान गरिने पनि उनले बताए।

सबै विधाका लागि योग्य व्यक्ति छानेर पुष ३ गते अवार्ड वितरण गरिने आयोजकले जनाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP