Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कोरोना संक्रमण विरुद्ध तयारीमा जुटेका छौं : स्थानीय सरकार

काठमाडौं ।

नेपालमा कोरोनाविरुद्ध पर्याप्त सावधानी नअपनाएको भन्दै सरकारको आलोचना भइरहेका बेला स्थानीय सरकारहरूले भने आफूहरूले साधन स्रोतले भ्याएसम्म पूर्व तयारी गरेको र यस विषयमा सचेत रहेका बताएका छन् ।

सुदूरपश्चिम प्रदेशको डडेलधुराको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्रबहादुर विष्टका अनुसार पालिकाले विभिन्न चरणमा सचेतनाका कार्यक्रम गरेको छ ।

संक्रमण देखिइहालेको खण्डमा सुरक्षित तरिकाले राख्नका लागि ठाउँको व्यवस्थापन पनि हुँदैछ ।

बागमति प्रदेशको ललितपुर महानगरपालिकाले आफ्नै पहलमा कोरोना भाइरसको सङ्क्रमण रोक्न स्यानिटाइजर र मास्क बनाउन सुरु गरेको छ । बजारमा १७ रुपैयाँ पर्ने मास्क महानगरले ७ रुपैयाँमा उपलब्ध गराएको छ । स्यानिटाइजर पनि बजारको भन्दा निकै सस्तो छ ।

उप प्रमुख गीता सत्याल बजारमा देखिएको कृत्रिम अभाव हटाउन नास्टसँगको सहकार्यमा आफूहरूले यि सामग्री उत्पादन गरेको बताउनुहुन्छ ।

कोरोना भाइरस रोकथामका लागि सीमा नाकामा गरिने जाँचसँगै यसबारेमा जनचेतना फैलाउनु पनि महत्वपूर्ण छ ।

गण्डकी प्रदेशको नवलपरासीको कावासोती नगरपालिकाले पनि बजारमा देखिएको खाद्य अभाव र स्वास्थ्यजन्य सामग्रीको अनुगमन र सहज उपलब्धताका लागि काम गरिरहेको नगरपालिकाका उप प्रमुख प्रेमशंकर मर्दनिया थारुले बताउनुभयो ।

पालिकाका स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्य कर्मीहरूसँग छलफल गरेर थप तयारीको काम पनि भइरहेको उहाँले बताउनुभयो । फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा समेत कोरोनाका विषयमा गलत हल्ला र अफवाह चलाइएका छन् ।

वरिष्ठ जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र अधिकारी स्थानीय सरकाहरुले आधिकारीक सूचना र डाक्टरसँगको परामर्शमा मात्रै यस सम्बन्धी निर्णय लिनुपर्ने बताउनुहुन्छ ।

नेपालमा हालसम्म कोरोनाकै कारण कसैको पनि मृत्यु भएको छैन भने साढे ४ सयभन्दा धेरैको जाँच गर्दा कसैमा पनि कोरोना देखिएको छैन ।

कोरोना भाइरसका विषयमा विभिन्न हल्ला फैलिरहेकाले नागरिकमा सही सूचना पु¥याउनु नै आफूहरूको मुख्य चुनौति भएको दोलखाको भिमेश्वर नगरपालिकाका उप प्रमुख कमला बस्नेतको भनाइ छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP