स्याङ्जा – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा्कुमारी अर्यालले स्याङ्जाकाे फेदीखोला गाउँपालिकामा असिना पानी चट्याङले पुर्याएकाे क्षतिको स्थलगत निरीक्षण गर्नुभएको छ ।
मन्त्री अर्याल साेमबार फेदीखोला गाउँपालिका ४ काे आरुखर्क र वडा नम्बर २ काे कुडुले भन्ने ठाउँ पुगेर शनिबार राति आएको हावाहुरी चट्याङसहितको असिना पानीले गाउँपालिका क्षेत्रमा पुर्याएकाे क्षतिकाे निरीक्षण गर्नुभएको हो ।

उहाँले प्राकृतिक विपत्तिबाट ठूलो क्षति भएकाे र क्षतिबाट निराश नभएर फेरि पनि ऊर्जाका साथ कृषि क्षेत्रमा अगाडि बढ्न आग्रह गर्नुभएको छ । ‘तपाईँहरु कृषि क्षेत्रमा ऊर्जाका साथ लाग्नुभयो । यो कार्यको म उच्च प्रशंसा गर्छु । अहिले प्राकृतिक विपद् आएर ठूलो क्षति पुर्याएकाे छ, मन्त्री अर्यालले भन्नुभयो, ‘यस क्षतिबाट तपाईँहरु कत्ति पनि विचलित नभएर फेरि पनि ऊर्जाका साथ लाग्नुस् । राज्यले तपाईँहरुलाई सहयोग गर्छ ।’

मन्त्री अर्यालले गाउँपालिकाको सबै क्षेत्रमा पुगेको क्षतिको मूल्याङ्कन गरेर विवरण पेस गर्न प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, कृषि कार्यालयका प्रमुख, गाउँपालिका प्रमुखलाई आग्रह गर्नुभएको छ । सबै विवरण आइसकेपछि सङ्घ, प्रदेश र पालिका मिलेर उचित क्षतिपूर्ति दिने मन्त्री अर्यालले प्रतिबद्धता दिनुभयो ।
गएकाे शनिबार राति साढे ११ बजेदेखि साढे २ बजेसम्म अविरल रुपमा परेको असिना पानीले वडा नम्बर १, २, ३, ४, ५, ९ मा क्षति पुर्याएकाे छ । असिना पानीका कारण १ नम्बर वडामा ६० प्रतिशत, २ नम्बर वडामा ५५ प्रतिशत, ३ नम्बर वडामा ५० प्रतिशत क्षति भएको छ । वडा नम्बर ४ मा सबैभन्दा बढी क्षति भएको छ भने ५ नम्बर वडामा कम क्षति भएको छ । १/२ वटा घरमा चट्याङ परे नि क्षति भने भएको छैन ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया