Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

गणेशपुर प्रहरी कार्यालयको भवन जिर्ण

माधव बेल्वासे
चन्द्रौटा,३ चैत
भारत सँगको सिमा क्षेत्रमा जोडिएको ईलाका प्रहरी कार्यालय गणेशपुरको भवन जिर्ण बनेको छ । कपिलवस्तुको विजयनगर गाउँपालिका ७ गणेशपुर स्थित प्रहरी कार्यालयको भवन जिर्ण बन्दा प्रहरीको सेवा प्रवाह तथा कामकाजमा समस्या रहेको छ । उक्त जिर्ण रहेको भवनलाई प्रहरी सुत्नको लागि प्रयोग गरिएको छ ।
कार्यालयको पुर्व पट्टी रहेको उक्त भवनको गारो भत्किएको,छत वाट पानी चुहुने रहेकोले वर्षायातको समयमा अझ समस्या हुने गरको छ । २०४८ सालमा बनेको उक्त भवन द्धन्दकाल देखि नै जिर्ण बन्दै गएको स्थानिय रफिक महोमदले बताउनुभयो । “प्रहरी कार्यालयको भवन बनाउन गाउँलेहरुले धेरै मेहनत गरेका थिए,०६२।६२ सालको आन्दोलनमा आक्रमण भयो, त्यसपछी भवन जिर्ण बन्यो” रफिकले भन्नुभयो “अहिले प्रहरीको वाध्यता देख्दा दुःख लाग्छ, ।”
३२ जनाको दरबन्दि रहेको उक्त प्रहरी कार्यालयमा २८ जना प्रहरी जिर्ण भवनमा बस्न वाध्य छन् । हावाहुरी तथा वर्षा भएमा काम गर्न कठिनाइ हुने उनीहरुको भनाइ छ । पानी परेको अवस्थामा आवास गृहमा सुत्न नपाएर रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ ।भवन निर्माणको लागि इलाका प्रहरी कार्यालयको नाममा जग्गा भएपनि रकम नहुदाँ बनाउन नसकिएको प्रहरी निरिक्षक मधु नेपालले बताउनुभयो  । ‘पुरानो भवन भएका कारण धेरै समस्या झेल्दै आइरहेका छौं,’ उनले भने, ‘पानी परेको बेला सुत्न सकिदैन,बाल्टि लिएर कोठामा पानी थाप्नुपर्छ, ।”
आवास भवन,कार्यालय भवन समेत जिर्ण र साँघुरो भएका कारण समस्या भएको सुरक्षाकर्मीको भनाइ छ । वर्षातको समयमा चुहिने र हावाहुरी लागेमा गारो भत्कने माटो खस्ने समस्याले गर्दा जोखिमै बस्नुपरेको नेपालको भनाई छ । प्रहरी भवन निर्माणको लागि पटक पटक कुरा उठाएको उहाँको भनाई छ । यस क्षेत्रलाई भारतसँगको सिमामा जोडिएकोले सुरक्षामा चुनौती रहेको मानिन्छ । प्रहरी भवन आवश्यक रहेकोले गाउँपालिकाले भवन निर्माणको लागि पहल गर्ने गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनुभयो । भवन निर्माणको लागि पालिकाले सहयोग गर्छ थापाले भन्नुभयो “प्रदेश र केन्द्र सगँ माग गरिसकेका छौ, छिट्टै भवन निर्माणको लागि बजेट विनियोजन हुनेछ ।”
सुरक्षामा विशेष ध्यान दिनुपर्ने क्षेत्रमा प्रहरीको भवन जिर्ण रहँदा कामकारवार्हीमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक दिप शम्सेर जबराले बताउनुभयो । वडा र गाउँपालिकामा भवन निर्माणको बजेट माग गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP