दिपक के.सी.
कपिलवस्तु, चैत्र ०८
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ मा रहेको नेपाल आदर्श माध्यमिक विद्यालयमा निर्माणाधिन रहेको नमुना विद्यालय भवनमा कमसल सामाग्री प्रयोग भएको पाइएको छ । नमुना विद्यालय भवन निर्माणमा ठेकेदारले कमसाल सामाग्री प्रयोग गरी भवन निर्माण गरेको पाइएको हो ।
नमुना विद्यालय अन्तर्गत प्रदेश सरकारको रु. १ करोड ५ लाख लागतमा निर्माण हुन लागेको दुई तलाको आठ कोठाको भवनमा बालुवा र गिट्टी कमसल प्रयोग भएको स्थानियले बताएका छन । धोएको गिट्टी र बालुवा प्रयोग गरी निर्माण गर्नु पर्ने भए पनि ठेकेदार कम्पनीले माटो मिसिएको बालुवा र गिट्टी प्रयोग गरेको स्थानियले बताएका छन ।
श्री खण्डपुर निर्माण सेवा काभ्रेले भवन ठेक्का लिएको हो । निर्माण कम्पनी र इन्जनियरको लापरवार्हिले भवनमा कमसल सामाग्री प्रयोग भएको स्थानियले बताएका छन । भवन निर्माण हेर्दै आएका शिवराज नगरपालिका इन्जिनिय बसन्त पन्थिले डस्ट मिसिएको गिट्टी र वास गरिएको क्रेशर कै बालुवा भएकोले कमसल नभएको बताए । फाउण्डेसनमा विग्रेको भएर पुन भत्काएर निर्माणको गर्न लगाएको उनले बताए ।
स्थानियले भने भवन निर्माणमा सस्तो बालुवा र गिट्टी प्रयोग गरी निर्माण गरेको आरोप लगाएका छन । ठेकेदार कम्पनीका साइट इन्चार्ज टुक बहादुर चौलागाईले भने नगरपालिकाका इन्जिनियरले गिट्टी धोएर प्रयोग गर्न लगाएको बताए । इन्जिनियरले गिट्टी कमसल छैन पनि भन्छन , कामदारलाई सोहि गिट्टी धोएर प्रयोग गर्न पनि लगाउछन । आफुले गिट्टी धोएर प्रयोग गर्दै आएको एक कामदारले बताए ।


भुपाल थापा

प्रतिक्रिया