Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कोरोना भाइरस ः विद्यार्थी संगठनद्वारा विभिन्न मागसहित प्रेस विज्ञप्ती जारी

घनश्याम भर

कपिलवस्तु विश्वव्यापी रुपमा महामारीको रुप लिई फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण सबैलाई चुनौती दिईरहेको अवस्थामा कपिलवस्तु जिल्लाका क्रियाशील स्वतन्त्र विद्यार्थी संगठनले संयुक्त रुपमा बैठक बसी नोवल कोरोना भाइरस रोकथामका लागि शनिवार प्रेस विज्ञप्ती जारी गर्दै आम नागरिकलाई कोरोना भाइरसबाट बच्न, सचेत रहन र नियन्त्रण गर्नका लागि आग्रह गरेको छ ।

विद्यार्थी संगठनले विभिन्न निर्णयसहित मागसमेत विज्ञप्तीमार्फत गरेको छ । कपिलवस्तु जिल्ला भारतको सिमानासँग जोडिएको र खुला सिमाना भएकोले विभिन्न नाकाहरुबाट आवतजावत जारी हुने भएकोले कोरोना भाइरसको उच्च संक्रमणको जोखिम हुनसक्ने सम्भावना बढी देखिन्छ । यसलाई मध्येनजर गर्दै विद्यार्थी संगठनले औषधी र अति आवश्यक बाहेकका सबै आवतजावत बन्द गर्ने माग गरेको छ ।

अत्यावश्यक काममा आवतजावत गर्नुपरेमा मेडिकल रिर्पोट देखाएर मात्र जान दिने माग गरेको हो । कोरोना भाइरसबाट बच्न, रोकथाम र नियन्त्रण गर्न, उच्च सतर्कता अपनाउन जिल्ला आमवासीलाई विज्ञप्तीमार्फत जनाउँदै धेरै भीडभाड हुने ठाउँहरु, अस्पताल, सार्वजनिक यातायात, बैँक, मन्दिर, मस्जिद, गुम्बा, चर्च, पार्क, व्यापारिक केन्द्र, उद्योग लगायत स्थानमा सचेत रहन जनाएको छ ।

कोरोनाको नाममा डर, त्रास फैलाई बजारमा कृत्रिम अभाव सिर्जना नगर्न, कालोबजारी नगर्न चेतावनी दिँदै कालोबजारीमा संलग्नहरुलाई कडा कारवाही गर्न विज्ञप्तीमा उल्लेख गरेका छन् । साथै संयुक्त विद्यार्थी संगठनको तर्फबाट बजारको अनुगमन गर्ने निर्णय समेत गरिएको छ । सबैलाई यस संकटको घडीमा सहयोगको अनुरोध गर्दै कालोबजारी विरुद्ध सचेत भई सरकारलाई सूचना दिन आग्रह गरेको छ ।

जिल्लावासी, विद्यार्थी, शिक्षक, कर्मचारी लगायत सम्पूर्ण आम जनतामा सेल्फ क्वारेन्टाइनमा रहनका लागि पनि अपिल गरेको छ । यसका साथै चैत्र महिनासम्म विद्यालय, शैक्षिक संस्थाहरु सञ्चालन नहुने भएकोले नीजि विद्यालयहरुले यस महिनाको शुल्क फिर्ता गर्न जनाएको छ । विद्यार्थी संगठनले कोरोना भाइरस देखिएको अवस्थामा उपचारमा प्रयाप्त तयारी गर्नको लागि विज्ञप्तीमार्फत सम्पूर्णलाई सचेत रहनु पर्ने कुरामा जोड दिएको छ ।

शनिवार बसेको बैठकमा कपिलवस्तु अनेरास्ववियूका संयोजक बाबुराम अर्याल, ने.वि.संघका सभापति राकेश पाण्डे, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष मेहित मिश्र तथा राट्रिय विद्यार्थी संघ अध्यक्ष निश्चल राज श्रीवास्तव, अखिल (क्रान्तिकारी) अध्यक्ष विज्ञान क्षेत्री लगायतका क्रियाशील स्वतन्त्र विद्यार्थी संगठनका विद्यार्थी नेताहरुले विभिन्न निर्णय र मागसहित प्रेस विज्ञप्ती जारी गरेका हुन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP