गुल्मी! बिक्रम खत्री,गुल्मी!
गुल्मी जिल्लाको सदरमुकाम तम्घास स्थित विभिन्न खुद्रा तथा थोक व्यापार/ब्यबसाय साथै सार्बजनिक रुट्परमिटमा चलिरहेका यातायात पनी सोमबार देखि बन्द गर्न गुल्मी उद्योग वाणिज्य संघ गुल्मिले आग्रह गरेको छ ।
आज एक िनणय गरि कोभिड १९ अर्थात कोरोना भाइरसले बिश्वव्यापी महामारिको रुप लिदा WHO ले नेपाललाइ पनि कोरोना सक्रमणमा उच्च जोखिमको देसको सुचिमा रहेको सङ्ग्या दिदै भोलि देखि सबैखाले पसल बन्द गर्न बिक्रेतालाई आग्रह गरिएको उद्योग वाणिज्य संघ अध्यक्ष श्रीप्रसाद भलामिले प्रस्टाउनु भयो ।
पसलहरु मध्ये अतिआवश्यक पसलले (दुग्ध,तरकारी,डिपोलगायतका महत्त्वपूर्ण ) बेलुका ५ बजे देखि ७ बजेसम्म मात्र बिक्रीवितरण गर्न पाउने र डिपो डिलरले ग्यास साटदा छली नगर्न आह्वान गर्नु भयो ।
ग्यासको मुल्य रु १४२५ भन्दा बढि लिएमा खबर गर्न समेत उहाले आग्रह गर्नु भयो । कोरोनाको सन्त्रास बढदै गएपछी भिड्भाड नगर्न , अनावश्यक घरबाहिर ननिस्कन र साबुनपानीले हात धुन , माक्स ,स्यानिटाइजर प्रयोग गर्न समेत ध्यानाकर्षण गर्नु भयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया