Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

शहर रित्तिएसँगै गाउँ बस्तीमा चहलपहल बढ्यो

सोलुखुम्बु ।

कोरोना भाइरसको त्रासका कारण शहरबजार रित्तिएसँगै सोलुखुम्बुको गाउँ बस्तीमा चहलपहल बढेको छ । रोजगार र अध्यनका लागि गाउँघर छोडेका मानिसहरू भाइरसको त्रासले शहर छाडेपछि गाउँ घरमा चहलपहल बढेको हो ।

केही दिन अघिसम्म सुनसान देखिएको सोताङ क्षेत्रमा चहलपहल बाक्लो भएको स्थानीय डिल्ली बहादुर राईले बताउनुभयो ।

तराई तथा शहरी क्षेत्रमा सम्भावनाको खोजी गर्दै बसाइ सरेकाहरू समेत गाउँ घरमा भेटिन थालेका महाकुलुङ गाउँपालिकाका आसमान कुलुङको भनाइ छ ।

दशैं तिहार जस्ता चाडपर्वमा पनि हुन नसकेको भेट कोरोना त्रासले गरायो 

दशैं तथा तिहार जस्ता महान चाडपर्वले समेत गाउँ नर्फकाएकाहरूलाई कोरोना भाइरस संक्रमणको त्रासले गाउँ फर्काएको छ ।

भूकम्प र चाडबाडको बेलाजस्तै मानिसहरू गाउँ फर्किरहेका नेचा सल्यान गाउँपालिकाका सुमन बस्नेतले बताउनुभयो ।

गाउँ घरमा जनशक्ति नभएपछि कयौं रोपनी खेतबारी बाँझै छ । युवा जनशक्ति गाउँ फर्किएसँगै यस वर्ष ति बाँझा खेतबारीमा अन्न बाली लगाउन सकिने बुढापाकाहरूको विश्वास छ ।

कोरनाको कारण विश्वमा आर्थिक क्षेत्रमा ठूलो संकट आउने आँकलन गरिएको बेला गाउँ फर्किएका युवाले कृषि र अन्य सम्भावनालाई पक्रन सके यसको प्रभाव सकारात्मक हुने लिखुपिके गाउँपालिकाका शिवबहादुर बस्नेत बताउनुहुन्छ ।

खाना पकाउन दाउरा, भान्छामा मकैको च्याख्ला, गाउँमै फलेका तरकारी पाक्ने भएकाले मुख्य बजारमा जस्तो समस्या गाउँमा नहुने भएकाले पनि मानिसहरू गाउँ फर्किउका थुलुङ दूधकोशी गाउँपालिकाका अम्मरबहादुर विश्वकर्माले बताउनु भयो ।

सडक मार्गबाट एक हप्तामा झन्डै पाँच हजार जना सोलुखुम्बु भित्रिए

एक हप्ताको अवधिमा सडक मार्गबाट मात्रै करिब ५ हजार मानिस सोलुखुम्बु भित्रिएका जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

एक हप्ताको अवधिमा जिल्ला भित्रने मुख्य सडक मार्गबाट ४ सय २७ वटा जिप र ३१ वटा बस मार्फत् ४ हजार ७ सय ९७ जना सोलुखुम्बु भित्रिएका ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।

सार्वजानिक सवारी साधनको अभिलेख प्रहरीसँग भएपनि निजि सवारी साधनबाट पनि ठुलो संख्यामा यात्रुहरू भित्रिएका प्रहरीको भनाइ छ ।

जिल्लाबाट बाहिरिनेको संख्या न्यून भएपनि भित्रिनेको संख्या अत्यधिक रहेको यातायात व्यवसायीले बताएका छन् । हवाई मार्गबाट पनि ठूलो संख्यामा नागरिक जिल्ला भित्रिएका नागरिक उड्यन कार्यालय फाप्लुले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP